काठमाडौं । कतै हामीले प्रयोग गर्ने नुन र चिनीमा पनि प्लास्टिक मिसिएको त छैन ? अब सोच्नु पर्ने बेला देखिन्छ ।
मानव जीवनलाई दैनिक नभइ नहुने नुन र चिनीमा प्लाष्टिकको अध्याधिक मात्रामा कण भएको तथ्य बाहिरिएको छ । हालै भारतको एक संस्थाले गरेको अनुसन्धानको रिर्पोटमा भारतमा उत्पादन हुने प्राय सबै जस्तो नुन तथा चिनीमा माइक्रो प्लास्टिकको मात्रा अध्याधिक भेटिएको हो ।
विशेष गरि नेपाल र भारतमा चियाका पारखी धेरै छन् । प्राय नेपाली र भारतीयलाई बिहान होस वा दिउँसो नै किन नहोस् कम्तिमा एक कप भएपनि चिया खानु पर्ने बानी नै बसेको देखिन्छ । नुन सेवन त स्वास्थ्यका लागि अनिर्वाय नै छ । तर, यस्तो दैनिक जीवनमा अनिर्वाय बनेका बस्तुमा स्वास्थ्यको लागि निकै हानीकारण तत्व भेटिएको तथ्य सार्वजनिक भएको छ ।
हालै भारतको पर्यावरण रिसर्च अर्गनाइजेशन टक्सिक्स लिंकले गरेको अध्ययन अनुसार भारतमा उत्पादन हुने नुन र चिनीमा माइक्रो ल्लास्टिकको मात्रा अध्याधिक मात्रामा भेटिएको रिपोट सार्वजनिक भएको छ । टक्सिक्स लिंकको अनुसन्धानले सबै नुन र चिनीको नमुनमा फाइबर र माइक्रो प्लास्टिक भेटिएको जनाएको छ । जसमा माइक्रो प्लास्टिकको आकार शुन्य दशमलव १ देखि ५ मिलिमिटरसम्म भेटिएको रिपोर्टमा उल्लेख गरिएको छ ।
उतm अनुसन्धानका क्रममा सबै भन्दा बढि प्लाष्टिकको कण नुनमा भेटिएको उल्लेख गरिएको छ । जसमा एक किलो नुनमा ६ दशमलव ७१ देखि ८९ दशमलव १५ प्रतिशत सम्म प्लाष्टिकको कण भेटिएको बताएको छ । जसमा सबै भन्दा बढि आयोडिन नुनमा भेटिएको समेत बताएको छ ।
यसरी भारतमा उत्पादन हुने नुन र चिनीमा माइक्रो प्लास्टिक भेटिएको तथ्य सार्वजनिक भएसंगै नेपालमा पनि कतै हामीले यस्तै चिनी र नुनको उपभोग त गरेका छैनौं प्रश्न चिन्ह उब्जाएको छ । किनभने नेपालमा हरेक वर्ष १ लाख बढि मेट्रिक टन चिनी तथा दुई लाख टन नुन भारतबाट नेपाल आयात हुने तथ्यांक छ ।
यसरी भारतमा उत्पादन भएका सबै खालका नुन तथा चिनीमा स्वास्थ्यका लागि हानीकारक मानिएको माइक्रो प्लष्टिकका कण भेटिएको तथ्य बाहिर आएसंगै नेपालमा पनि जोखिम उतिकै बढेको छ ।
माइक्रो प्लाष्टिक के हो ? यसले स्वास्थ्यमा कस्ता असर पार्छ ?
- ५ मिलिमिटर भन्दा साना प्लास्टिकका कण माइक्रो प्लाष्टिक
- १ माइक्रोमिटर भन्दा सानो साइजको प्लाष्टिकको कणलाई नानो प्लाष्टिक भन्ने गरिन्छ ।
- यस्ता सूक्ष्म कणहरू आँखाले नदेखिने र एक ठाउँबाट अर्को ठाउँमा सजिलै पुग्ने गर्दछन्
- माइक्रो प्लाष्टिकका कारण क्यान्सर, मुटुरोग, मृगौला रोगको जोखिम बढ्छ
- कोषलाई मार्ने, कोषको डीएनएमा क्षति गर्ने र एलर्जी गराउन सक्ने जस्ता जोखिम
अध्ययन अनुसार एउटा वयस्क व्यक्तिले वर्षमा करिब ६० हजार बढि माइक्रोप्लास्टिकका कणहरू विभिन्न माध्यबाट खाने बताएको छ ।
साथै यस्ता प्लास्टिकका कण मानिसको विभिन्न अंगमा मात्र नभएर आमाको दुध र गर्भको बच्चामा समेत देखिएको अध्ययनले देखाएको छ । यस्तो अवस्थामा थप हामीले दैनिक प्रयोग गर्ने उपभोग्य वस्तु चिनी तथा नुनमा समेत स्वास्थ्यका लागि हानीकारक मानिएको माइक्रो प्लाष्टिको कण भेटिनुले मानव स्वास्थ्यमा थप जटिलता निम्तने निश्चित बनेको छ ।