News 24 Television
रारामा प्राकृतिक पर्यटनको मात्रै चर्चा, ओझेलमा धार्मिक स्थल 

मुगु । रारा ताल भन्ने बित्तिकै धेरैलाइ लाग्छ यो एउटा चर्चित पर्यटकीय स्थल हो । पर्यटकीय स्थलको रुपमा चर्चित बन्दै जाँदा राराको धार्मिक पक्ष भने छायाँमा पर्दै गएको छ । ताल आसपासमा रहेका विभिन्न धार्मिक स्थलहरूको प्रचार–प्रसार र संरक्षणमा राज्यको कुनैपनि निकायको ध्यान नपुग्दा यहाँको धार्मिक पक्ष क्रमश ओझेलमा पर्दै गएको हो । 

समुन्द्रिय सतहबाट २९ सय मिटरको उचाईमा रहेको नेपालकै सबैभन्दा ठूलो महेन्द्र अर्थात् रारा ताल वरिपरि एक दर्जनभन्दा बढि मठमन्दिर, देवल र गुफाजस्ता धार्मिक स्थलहरु रहेका छन् । तर पछिल्लो समय रारा ताल पर्यटकीय स्थलको रुपमा बढि परिचित हुँदा यस क्षेत्रका धार्मिक सम्पदाहरु भने क्रमश उपेक्षामा पर्दै गएका छन् । 

रारा ताल किनारमा रहेका लागुडा महादेव, दोफे महादेव, ठाुकुर ज्यूको मन्दिर, महादेव, बनकाली महादेव, छाफु्र महादेव, लगायतका प्राचीन मन्दिरहरु रहेका छन् । त्यस्तै मुर्मागाँउ नजिकै रहेको चमेरो गुफा, गौथली गुफा, शिव पार्वती गुफा र देवल लगायत पनि रारा ताल वरपर रहेका छन् । तर, यहाँको पर्यटकीय पक्षलाई मात्रै महत्व दिदाँ सांस्कृतिक तथा धार्मिक पक्षमा भने राज्यको खासै ध्यान गएको छैन । हिन्दु बौद्धको पवित्र धार्मिक स्थल कैलाश पर्वत रहेको तिब्बतसँगै जोडिएका कारण रारा क्षेत्र पनि धार्मिकरुपमा कैलाश पर्वत जत्तिकै महत्वपूर्ण मानिन्छ । यही कारण पनि रारा आसपासमा रहेका मन्दिर, गुफा, देवलको ईतिहासको खोजि गरि संरक्षण गर्न सके रारामा धार्मिक पर्यटक पनि बढ्ने स्थानीय बताउँछन् । 

धार्मिक पर्यटनको सम्भावना भएपनि रारा क्षेत्रमा पछिल्लो समय राज्यले पर्यटकीय पक्षलाई मात्रै महत्व दिइरहेको छ । रारासम्म पुग्नलाई सडक विस्तार भएको छ, प्लेन तथा हेलिकप्टरबाट समेत यहाँ सहजरुपमा जाने व्यवस्था छ । रारा क्षेत्रमा होटेल रिसोर्ट लगायतको निर्माण पनि उल्लेख्यरुपमा भइरहेको छ । तर धार्मिक पक्षलाई वेवास्ता गरिदाँ भने स्थानीय असन्तुष्ट बनेका छन् । राज्यले धार्मिकस्थलको समते प्रचार प्रसार गरिदिने हो भने रारा आउने पर्यटकको बसाई लम्बाउन सकिने उनीहरुको भनाइ छ । 

राराको धार्मिक पक्षलाई ओझेलमा पार्ने काम राष्ट्रिय निकुञ्जले पनि गरेको छ । २०३२ सालमा यहाँ राष्ट्रिय निकुन्ज घोषणा हुनुअघि छापु्र बस्तिका स्थानीयले देवी देवताको पुजा पाठ गर्ने, मठ मन्दिरको संरक्षण गर्ने गरेका थिए । निकुञ्ज घोषणा भएपछि २०३५ सालमा रारामा रहेका छाप्रु र रारा बस्तीका स्थानियलाइ बाँकेको नेपालगञ्च चिसापानीमा सारेपछि मठमन्दिरको महत्व घट्दै गएको हो । राराको धार्मिक महत्वको बारेमा अब प्रचारप्रसा जुट्ने  रारा राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्र ब्यवस्थापन समितिले जनाएको छ ।   

प्राकृतिकरुपमा सम्पन्न रहेको रारा क्षेत्रको धार्मिक पर्यटनलाई पनि ध्यान दिदै यहाँ पर्यटक पु¥याउने काम गरिरहेका विभिन्न पर्यटन व्यवसायीसँगै राज्यले पनि यो विषयमा सोच्नु पर्ने बेला भइसकेको छ । कैलाश पर्वतजत्तिकै धार्मिक महत्प बोकेकोयो क्षेत्र प्राकृतिक सम्पदाको परख गर्न रारा पुग्नेहरु मात्रै होइन धर्मकर्म र तिर्थस्थलको दर्शन गर्न समेत रारा क्षेत्र जानेहरुको पनि महत्वपूण गन्तब्य बन्न सक्छ । यसतर्फ राज्यका सबै निकायले ध्यान दिन जरुरी छ । 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  ०८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update