यातायात कार्यालयका समस्या तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
काठमाडौँ । नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनले यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्या समाधानका लागि आग्रह गरेको छ ।
सोमबार एसोसिएसनका कार्यवाहक अध्यक्ष कुमार चिमोरिया, महासचिव प्रकाश बस्नेत, सचिव नेत्र कटुवाललगायतको टोलीले कार्यालय प्रमुखसँग भेटगरी हाल देखिएका समस्या तत्काल समाधान गर्न आग्रह गरेको हो ।
छलफलका क्रममा कार्यालय प्रमुखले चाँडो भन्दा चाँडो हाल देखिएका सर्भर नचल्ने, पाकिङ्ग सम्बन्धी, सवारी जाँचपास सम्बन्धी, शौचालय सम्बन्धी समस्याहरुलाई समाधान गर्ने विश्वास दिलाएका थिए ।
त्यस्तै उनले सम्पुर्ण अटोमोटिभ व्यावसायीहरुको समस्या बुझ्न तथा समाधान गर्न आफू सकारात्मक रहेको बताएका थिए । यातायात कार्यालयमा सर्भर नचल्दा तीन दिनदेखि सबै काठ ठप्प भएको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१ १३:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय