News 24 Television
अरब लिगद्वारा गाजा स्कुलमा इजरायली आक्रमणको निन्दा

काठमाडाैँ । अरब लिगका महासचिव अहमद अबोल–घितले गाजा शहरमा आश्रयस्थलको रूपमा प्रयोग गरिएको विद्यालयमा एक सय भन्दा बढी विस्थापित प्यालेस्टिनीहरूलाई मारेकोमा इजरायलको निन्दा गरेका छन् ।

अबोल–घितले बिहानको प्रार्थनाको समयमा विस्थापित नागरिकहरूलाई मार्नु अपराध भएको बताए ।

अरब लिग प्रमुखले गाजामा कैदी आदानप्रदान सम्झौता र तत्काल युद्धविरामका लागि गम्भीर रूपमा वार्ता गर्न इजरायललाई वास्तविक दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरे ।

हमासद्वारा सञ्चालित गाजाको सरकारी मिडिया कार्यालयले शनिवार बिहान गाजा सहरको एउटा विद्यालयमा इजरायलीले गरेको बमबारीमा १०० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको बताएको छ ।

इजरायली सेनाका अनुसार आक्रमण हुनुअघि सर्वसाधारणलाई हुने क्षति न्यूनीकरणका लागि धेरै कदम चालिएको थियो । 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update