काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि विभिन्न योजना अघि सारेका छन् । मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा देखिएका विभिन्न समस्या समाधान गर्ने भन्दै स्वास्थ्य क्षेत्रको विकास र सुधारका लागि विभिन्न कार्यक्रम अघि सारेका हुन् ।
उनले आफू स्वास्थ्य मन्त्री हुनुअघि नै बजेट आएको भन्दै उनले कतिपय कार्यक्रमका लागि स्रोत सुनिश्चित नभएको बताएका छन् । स्वास्थ्य मन्त्री पौडेलले स्वास्थ्य क्षेत्र विकास र सुधारका लागि कार्ययोजना तयार पार्नुअघि स्वास्थ्य क्षेत्रका विज्ञ तथा स्वास्थ्य मन्त्रालयमा लामो समय काम गदै आइरहेका अनुभवी सचिवहरुसँग छलफल गरी योजना तयार पारेको बताएका छन् ।
उनले स्वास्थ्य क्षेत्र विकासका लागि संघीय प्रणाली अनुरुप स्वास्थ्यको तहगत अधिकार समन्वय, एकीकृत स्वास्थ्य प्रणाली, स्वास्थ्य विमा र समाजिक सुरक्षा कार्यक्रम, नीतिगत र कानुनी सुधार र पुनरालोकन, निरोगी नेपाल लगायतका बुँदागत कार्यक्रम सार्वजनिक गरेका छन् ।
साथै उनले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नभएको तथा स्वास्थ्य बीमा प्रणालीप्रति विश्वास समेत घट्दै गएकाले स्वास्थ्य बीमा कार्यक्रममा सुधार गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् । जसका लागि उनले स्वास्थ्य बीमाको दायरा बढाएर पाँच लाख रुपैया पु¥याउँने समेत जनाएका छन् ।
मन्त्रीको जिम्मेवारी सम्हालेपछि आफूले संविधान, स्वास्थ्य क्षेत्रमा रहेका मौजुदा नीति ऐन, नियम तथा रणनीतिहरु र १६ औं योजना तथा दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर कार्ययोजना बनाएको पौडेलले बताएका छन् ।
स्वास्थ्य मन्त्री पैडेलले स्वास्थ्य सुधारका लागि ल्याएका महत्वपूर्ण कार्ययोजनाहरु :
- स्वास्थ्य बीमाको दायरा बढाएर पाँच लाख पु¥याउने
-नागरिक औषधि उपचार कार्यक्रम र निःशुल्क उपचारका सबै कार्यक्रमलाई एकीकृत गरेर बीमामा जोड्ने
- निश्चित मात्राभन्दा बढी चिनी प्रयोग हुने खाद्य पदार्थमा सुगर ट्याक्स लगाउने
- स्वास्थ्य जनशक्ति व्यवस्थापनका लागि एकीकृत स्वास्थ्य स्वास्थ्य ऐनको तर्जुमा गर्ने
- संक्रामक रोग ऐन २०२० संशोधन गर्ने,
- राज्यका बिभिन्न संगठित संस्थाका उपचार कोषलाई स्वास्थ्य बीमा कोषसँग आवद्ध गर्दै लैजाने,
- आकश्मिकबाहेकका सबै कार्यक्रमलाई बीमामा आवद्ध गरी निःशुल्क उपचारका लागि स्वास्थ्य संस्थालाई उपलब्ध गराउने
- आन्तरिक बसाईँसराइको कारण पत्ता लगाउने, सीमान्तकृत एवम् लोपोन्मुख जातिको संरक्षण गर्ने,
- वैकल्पिक चिकित्सा तथा आयुर्वेदलाई प्राथमिकता दिने,
- राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने
-वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य र पोषण सम्बन्धि विषयमा काम गर्ने लगायत योजना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रको सुधारका लागि इमेल र ह्वाट्सएपमाबाट सुझाव र सल्लाहको माग समेत गरेको थियो ।
साथै स्वास्थ्य क्षेत्रको सुधार र विकास गर्न प्रधानमन्त्रीले समेत निरोगी नेपालको अवधारण अघि सारेका कारण रोग उपचार लगायत विषयमा मात्र नभएर अब जन्मने शिशु निरोगी र स्वास्थ बनाउने योजनासहित स्वास्थ्य मन्त्रालय अघि बढेको देखिन्छ ।