News 24 Television
बेल्जियममा ३०औँ विश्व आदिवासी दिवस सम्पन्न

काजाब्लांका क्यासेल्लो । विश्व आदीवासी दिवस बेल्जियमके लुभेन शहरमा अन्तरक्रिया गरेर सम्पन्न भएको छ ।

३०औँ विश्व आदीवासी दिवस  अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथी नेपाली दूताबास ब्रसेल्सका उप नियोग प्रमुख रमेश गैरे रहेका थिए ।

प्रमुख अतिथी गैरेले कार्यक्रमको पामसमा बत्ति बालेर उदघाटन गर्दे संयुक्त राष्ट्र संघले बिश्वभर नै आदिबासीहरूको कला (सस्कृति ,भाषा(धर्मको संरक्षण गर्दै  जान निर्देश गरेकाले सबैले पालना गर्दे रहेको बताए । 

 गैर आबासीय नेपाली संघ बेल्जियमका अध्यक्ष सिता सापकोटाले विशिष्ट अतिथीको रूपमा बोल्दै ३० बर्ष अघि जेनेभा कन्भेन्सनले प्रदत्त गरेको आदिबासी हक हित र अधिकार प्राप्तिका लागि  नेपालको सन्दर्भमा सरकारलाई सजग बनाइ रहनुपर्ने  बताए । 

नेपाल आदिबासी जनजाति महासॅघ बेल्जियमको आयोजनामा भएको ३० औँ अन्टराष्ट्रिय आदिबासी दिवस महासंघका अध्यक्ष बिरमान मगरको सभापतित्वमा सम्पन्न भएको थियो । त्यस्तै सन्चालन रबिन राई र स्वागत सूर्य श्रेष्ठले गरेका थिए ।

अध्यक्ष मगरले आदिवासीबारे संयुक्त राष्ट्र महासंघको अभिसन्न्धी आईएलओ १६९  र संयुकित राष्ट्र संघको आदिबासी घेऱ्षणापत्र २००७ को अक्षरस पालना गर्न सरकारलाई माग गरे ।

कार्यक्रम सहआयोजक मातृसॅस्थाहरू बिश्व मगर संघ बेल्जियम , तमु समाज बेल्जियम ,पाशापुच बेल्जियम , तामांग समाज बेल्जियम , शेर्पा किदुक बेल्जियम , किरात राई सोसाईटी बेल्जियम ,किरात याक्थुम चुम्लुंग बेल्जियम र थकाली सेवा समिति रहेका थिए ।

कार्यक्रममा जातिय मातृसंस्थाहरूको तर्फबाट अध्यक्षहरू होम गुरूंग , लोक राना ,बदन योंगहांग , अनिता लामा , सूर्य नारायण श्रेष्ठले मन्तब्य राखेका थिए।

कार्यक्रममा संघिय समाज बेल्जियम नेत्र मगर, नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राई, जन सम्पर्क समितिका गुरूंग, जन प्रगतिशिल मन्चका महासचिब कल्पना मगर, प्रवासी नेपाली मन्चका सूर्य श्रेष्ठ, मगरर संघकानपूर्ब अध्यक्ष मार्के मगर ,तमु समाजका पूर्ब अध्यक्षहरू ओमराज गुरूंग, संगिता तमुस्यो, किराचु महासचिब कला इधिंगो, तमु समाज निबर्तमान महासचिब सूर्य बहादुर गुरुङ लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रमका प्रायोजकहरू नेत्र मगर, याम छन्त्याल, कल्पना मगर, लोक राना, बालकुमार सुब्बा लगायतलाई महासंघले धन्यबाद दिएको थियो ।
 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update