किन आए भारतीय विदेश सचिव काठमाडौँ ?
काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौँ आइपुगेका छन् । उनी दुईदिने नेपाल भ्रमणका लागि आइतबार बिहान काठमाडौँ आइपुगेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरिन् । सचिव लम्सालकै निमन्त्रणामा मिश्री नेपाल आएका हुन् । खासै नौला एजेन्ड केही नभए पनि केपी ओली नेतृत्वको सरकार बनेपछि कूटनीतिक सम्बन्ध विस्तारका लागि मिश्री काठमाडौँ आएको बताइन्छ ।
कांग्रेस–एमाले गठबन्धनको सरकार बनेयता पहिलो भारतीय उच्चस्तरीय भ्रमणका रुपमा मिश्रीको भ्रमण तय भएको देखिन्छ । यस भ्रमणका क्रममा दुवै देशबीच आपसी सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१ ११:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय