News 24 Television
अर्को योजना बुन्दै रास्वपा, एक्सनको तयारी यसरी...

काठमाडौं । पछिला दिनहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी सुदृढीकरण एवम् नयाँ रणनीतिक योजना अनुसार कदम चालिरहेको छ । आगामी रणनीतिकै लागि रास्वपा केन्द्रदेखि प्रदेशस्तरसम्म बन्द कार्यशालाहरुमा व्यस्त देखिन्छ । 

राष्ट्रि«य स्वतन्त्र पार्टी रास्वपा भावी रणनीति तथा पार्टीको कार्यदिशा तय गर्न सुझाव संकलनमा व्यस्त देखिएको छ । यही साउन १८ र १९ गते काठमाडौं बनस्थली स्थित केन्द्रीय मुख्यालय घण्टी घरमा बसेको बन्द कार्यशालाको सुझाव अनुसार अहिले रास्वपाले सबै प्रदेशहरुमा बन्द कार्यशाला सम्पन्न गरेको छ । 

काठमाडौंमा भएको बन्द कार्यशालले पार्टीको अर्थ राजनीतिक जलेश्वर प्रस्तावनाको व्याख्या गरि वाचापत्र लगायत अन्य दस्तावेजका आधारमा केन्द्र, प्रदेश र जिल्लामा प्रशिक्षण गर्ने कुराहरु उल्लेख गरेर १५ बुदेँ सुझाव दिएको थियो । 

सो सुझाव अनुसार रणनीतिक उद्देश्यकालागि कदम चालिरहेको छ, रास्वपा । प्रदेशको बन्द कार्यशालमा पनि विचार, संगठन, मूल्य–मान्यता, संसदीय मामिला, लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब तथा पार्टी अभियानबारे छलफल भएको रास्वापाले जनाएको छ । 

बन्द कार्यशालामा प्रदेश समितिका पदाधिकारी, सदस्य, जिल्ला संयोजक, उपसंयोजक एवं प्रदेशस्तरीय विभागका पदाधिकारी र सदस्य सहभागी थिए । उनीहरुलाई केन्द्रीय प्रतिनिधिले सहजीकरण गर्नुका साथै प्राप्त सुझावहरुलाई संकलन गरेका छन् । उक्त सुझाव अनुसार नै रास्वापाको विधान परिमार्जन गर्ने तयारीमा छ । 

अहिले प्रदेशमा बन्द कार्यशाला सम्पन्न गरेको रास्वापाले आगामी असोज ३ र ४ गते काठमाडौंमा राष्ट्रि«य भेला आयोजना गर्दैछ । सोही कारण जिल्लाहरुमा भने बन्द कार्याशाला सञ्चालन नगर्ने तर भेला भन्दा अगाडि सबै जिल्लाहरुमा पुगेर संगठन निर्माण देखि प्रशिक्षण गर्ने कार्ययोजना बनाएको छ रास्वपाले । 

यसले रास्वापा आगामि दिनमा पार्टीको वैचारिक, राजनीतिक र सांङ्गठनिक पक्षमा छलफल सहित विधान संशोधनतर्फ अगाडि बढेको देखाएको छ । यसैगरी केन्द्रको बन्द कार्यशालाले देश भरका स्थानीय तहमा छाँया सरकार निर्माण गर्न पार्टीलाई निर्देशन गरेको थियो । 

संगठन निर्माण गर्दै यो कार्य योजना कसरी सफल बनाउने र २०८२ बैशाख तेस्रो साता गर्ने महाधिवेशनमा कसरी सफल बनाउने भन्ने तर्फ रास्वापा केन्द्रीत भएको देखिन्छ । 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update