काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सेवा सुधारका लागि निरोगी नेपालको अवधारणा अगाडी बढाउन निर्देशन दिएका छन् । अन्य क्षेत्र भन्दा स्वास्थ्य क्षेत्र अलिबढि संवेदनशील भएका कारण उनले निरोगी नेपालको अवधारणा ल्याइएको बताइएको छ ।
उनले अबका दिनमा स्वास्थ्य क्षेत्रका कार्यक्रम निर्माण र कार्यान्वयन गर्न समेत निरोगी नेपालको अवधारणालाई आत्मसाथ गदै काम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन समेत दिएका छन् । तर उनले ल्याएको निरोगी नेपालको अवधारण नयाँ भने होइन । उनले यस अघि २०७७ सालमा नै उक्त अवधारणा अघि सारेका थिए ।
साथै ओलीले केहि दिन अघि विश्वासको मत लिने क्रममा समेत निरोगी नेपालको विषय उठाएका थिए । केपी ओलीले निरोगी नेपालको अवधारणा ल्याएसंगै स्वास्थ्य क्षेत्र पा्रथमिकतामा परेको विज्ञहरुले औलाएका छन्
प्रधानमन्त्री केपी ओलीले मुलुकलाई विकास र सम्वृद्धिको बाटोतर्फ लैजान स्वास्थ्य क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताइ रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भएको छलफलका क्रममा उनले राज्यको बजेट न्यून भएको अवस्थामा भौतिक र मानसिक स्वास्थ्यका क्षेत्रमा निरोधात्मक र उपचारात्मक विधिलाई प्राथमिकताका साथ कार्यक्रम निर्माण गर्न समेत निर्देशन दिएका छन् । तर, पछिल्लो समय स्वास्थ्य क्षेत्रमा देखिएका विभिन्न समस्या समाधान गदै जानुपर्ने सांसदहरुले सरकारलाई सुझाव दिएका छन् ।
प्रधानमन्त्रीले अनावश्यक उपकरण तथा औषधि खरिद गर्ने र थन्क्याउने काम भएको विषय प्रति समेत चासो देखाएका छन् । साथै उनले स्वास्थ्य क्षेत्रका जनशक्तिलाई आवश्यक सेवा सुविधा उपलब्ध गराइ बिरामीको सेवामा परिचालन गर्न सुझाव पनि दिएका छन् ।
त्यस्तै आकास्मिक सेवालाई प्रभावकारी बनाउन चिकित्सक तथा स्वास्थ्यकर्मीलाई थप जिम्मेवार बनाउनुपर्नेमा जोड दिएका ओलीले निरोगी नेपालको अवधारणालाई विशेष प्राथमिकता दिएको देखिन्छ । तर, सरकारले निरोगी नेपालको अवधारणालाई दिगो रुपमा लैजानका लागि औषधी उपचारमा केन्द्रित हुने भन्दा पनि रोगबाट बच्न कसरी निरोगी बन्ने र बनाउने भन्ने विषयमा केन्द्रित भएर प्रभावकारी योजाना बनाउन र कार्यान्वयनमा ध्यान दिन आश्यक भने देखिन्छ ।