News 24 Television
नेपाली विद्युत बंगलादेश निर्यात अनिश्चित ! निर्णय भारतको हातमा 

काठमाडौँ । बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमबाट दक्षिण एशियाली मुलुकहरुको कुटनीतिक सम्वन्ध प्रभावित भएको छ । बंगलादेशको पछिल्लो अवस्थाका कारण नेपाल, भारत र बंगलादेशबीच हुन लागेको त्रिपक्षिय बिद्युत ब्यापार सम्झौता पनि अनिश्चित बनेको छ ।  

बंगलादेशकी तत्कालिन प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारत पलायन भए पछि भारत र बंगलादेश बीचको सम्वन्ध थप जटिल बन्दा यसको प्रत्यक्ष असर नेपालसँग गर्ने भनिएको विद्यूत सम्झौतामा पनि पर्नेछ । 

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पद त्याग गरेर भारत पलायन भएपछि नेपाल, बंगलादेश बीचको दुई पक्षिय लगानी प्रभावित भएको छ । नेपाल र बंगलादेश बीच बिद्युत प्रशारण लाइन बिस्तार गर्न भारतको महत्वपूर्ण भूमिका हुन्छ ।

हसिना नेतृत्वको सरकार र मोदी सरकारबीच राम्रो सम्वन्ध रहेको अवस्थामा तत्कालिन नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले तीन देश बीच त्रिपक्षिय बिद्युत ब्यापार सम्झौताको तयारी गरेको थियो । बंगलादेशले सूरुमा नेपालबाट ४० मेगावाट बिद्युत खरीद गर्ने सहमति गरेको थियो । जसको लागि भारतीय पक्ष तयार रहेको अवस्था थियो । 

नेपालका तत्कालिन प्रधानमन्त्री प्रचण्ड पछिल्लो पटक भारतीय प्रधानमन्त्री मोदीसंग नजिक रहेको बिश्लेषण गरिएको अवस्थामा तीन देश बीच बिद्युत ब्यापार सम्झौता भएको हो । 

नेपाल, भारत र बंगलादेश बीच भविष्यमा एक हजार मेगावाट सम्म बिद्युत ब्यापार सम्झौत गर्ने र बंगलादेश सम्म बिद्युृत पुर्याउनको लागि भारतको प्रशारण लाइन ग्रीड प्रयोग गर्ने सहमति भएको थियो । 

भारतीय प्रशारण लाइन उपलब्ध हुने बित्तिकै नेपालबाट बंगलादेश सम्म विद्युत निर्यात गर्न सहज हुन्छ । त्रिपक्षिय सम्झौतामा भारतले प्रशारण लाइन समेत बिस्तार गर्न दिने सहमति समेत भइसकेको अवस्थामा दुवै देशका लगानीकर्ताहरु बिद्युतमा लगानी गर्न उत्साहित भएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले बताए । 

त्रिदेशीय सम्झौताको लागि भारतीय पक्ष सकारात्मक रहेको हुदाँ नेपालको बिद्युत बंगलादेशसम्म पु्ग्ने संभावना बलियो रहेको अवस्था तत्कालको लागि ब्रेक लागेको छ । नेपालको जलबिद्युत क्षेत्रमा बंगलादेशको नीजि क्षेत्र लगानी गर्न समेत तयार रहेको थियो । दुवै देशका लगानीकर्ता बिद्युतमा लगानी गर्न तयार भएको अवस्थामा पछिल्लो घटनाबाट निजी लगानीकर्ता निराश भएका छन् । 

पछिल्लो पटक अन्तराष्ट्रिय भूराजनीतिक अवस्थामा बंगलादेशका राजनीतिक घटनाबाट भारत निर्कै शंसकित रहेको हुदाँ नेपाल र बंगलादेश बीचको बिद्युत ब्यापार र लगानी प्रभावित बनेको हो । बंगलादेशमा पछिल्लो पटक बिश्व प्रशिद्ध अर्थशास्त्री मोहम्मद प्रोफेसर युनिसले अन्तरिम सरकारको नेतृत्व गरेका छन् ।

युनिसको नयाँ सरकारले भारत, बंगलादेश र नेपालबीचको त्रिपक्षिय बिद्युत ब्यापारलाई नयाँ सरकारले कुन रुपमा लिने छ, त्यो भने अहिले भन्न सकिने अवस्था छैन । 

 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update