News 24 Television
थाइल्याण्डको सबैभन्दा ठूलो दल अदालतको आदेशमा विघटन

काठमाडाैँ । थाइल्याण्डको संवैधानिक अदालतले बुधवार मुख्य विपक्षी दल मुभ फरवार्ड पार्टीलाई विघटन गर्दै राज्यको शाही परिवारको मानहानि विरुद्धको कानून संशोधन गर्ने प्रयासलाई संविधानको उल्लंघन गरेको ठहर गरेको छ ।

न्यायाधीशहरूले सर्वसम्मतिले मूभ फर्वार्ड पार्टीलाई विघटन गर्ने र पार्टीको कार्यकारी बोर्डका ११ सदस्यहरूलाई १० वर्षको लागि राजनीतिक गतिविधिमा प्रतिवन्ध लगाउने आदेश दिए । शाही अपमान कानून परिमार्जन गर्न पार्टीको अभियान देशको संवैधानिक राजतन्त्रलाई कमजोर पार्ने प्रयास मानिएको थियो ।

यसअघि विघटन भएको पार्टीको कार्यसमिति सदस्य रहेका ६ जना सांसदले अहिले सांसद पद गुमाएका छन् । जसमा पार्टीका पूर्वनेता पिता लिम्जारोनरात र चैथावत तुलाथनका साथै उपसभामुख पदिपत सुन्तिफाडा पनि छन् । आफ्नो अनुपस्थितिमा पनि समूहले आफ्नो राजनीतिक एजेण्डा जारी राख्ने निर्णय गरेपछि पिटाले नयाँ पार्टीको विवरण शुक्रवार सार्वजनिक गरिने बताएका छन् ।

देशको निर्वाचन आयोगले जनवरीमा सोही अदालतले शाही अपमान कानूनलाई खारेज वा परिमार्जन गर्ने कुनैपनि प्रयासलाई रोक्न पार्टीलाई आदेश दिएपछि मुभ फर्वार्ड पार्टीलाई विघटन गर्न संवैधानिक अदालतमा निवेदन दिएपछि विघटन भएको हो ।

फौजदारी संहिताको दफा ११२ ले राजा, रानी, उत्तराधिकारी वा राजाको मानहानि, अपमान वा धम्की दिने व्यक्तिलाई तीनदेखि १५ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेको छ ।

गत वर्ष थाइल्याण्डको आम चुनावमा राष्ट्रिय सभाको तल्लो सदनमा मुभ फर्वार्ड पार्टी सबैभन्दा ठूलो पार्टीको रूपमा उभिएको थियो । तर यसको प्रधानमन्त्री उम्मेदवार सांसदहरूको बहुमत प्राप्त गर्न असफल भएका थिए । 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update