News 24 Television
आज कहाँ कहाँ छ भारी वर्षाको सम्भावना ?

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि विभिन्नि स्थानमा भारी वर्षाको सम्भावना छ । मौसम विज्ञान विभागका अनुसार हाल  देशको कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरु तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका एक वा दूई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो  देशभर आंशिक देखि साधारणतया मौसम बदली रहने जनाइएको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

राति पनि देशभर  साधारणतया मौसिम बदली रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update