News 24 Television
इजिप्ट र अमेरिकी राष्ट्रपतिबीच मध्यपूर्वमा बढ्दो तनावबारे छलफल

काठमाडाैँ । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र उनका अमेरिकी समकक्षी जो बाइडेनबीच मध्यपूर्व क्षेत्रको पछिल्लो घटनाक्रमबारे छलफल भएको छ ।

टेलिफोन वार्तामा मध्यपूर्व क्षेत्रको तनावबारे छलफल भएको हो । दुई नेताहरूले गाजा पट्टीमा युद्धविराम हासिल गर्न इजिप्ट–अमेरिका–कतार संयुक्त प्रयासहरूको समीक्षा गरेका थिए । क्षेत्रीय तनाव कम गर्न र शान्ति र सुरक्षा पुनःस्थापना गर्न यी प्रयासहरू जारी राख्ने आफ्नो दृढ संकल्प पुष्टि गरे ।

गाजा द्वन्द्वको बिस्तारको सन्दर्भमा वर्तमान चिन्तालाई पनि सम्बोधन गरेका छन् ।

सिसीले गाजा युद्धको गम्भीर असर र क्षेत्रीय स्थायित्वमा परेको नकारात्मक प्रभावको इजिप्टको दृष्टिकोणमा जोड दिँदै गाजामा युद्धविराम सम्झौतामा पुग्नु क्षेत्रीय शान्ति र स्थिरता पुनः स्थापनाको लागि आधारभुत रहेको बताए ।

दुई राष्ट्रपतिले यस क्षेत्रका सबै जनताको स्थायित्व र सुरक्षाको लागि प्राथमिक ग्यारेन्टरको रूपमा दुई राज्य समाधान कार्यान्वयनका लागि काम गर्नेमा सहमत भएका छन् ।

अक्टोबरमा प्यालेस्टिनी इस्लामिक प्रतिरोध आन्दोलन (हमास) र इजरायलबीच द्वन्द्व शुरु भएपछि गाजामा लामो समयदेखि जारी सङ्कटको अन्त्यका लागि कतार र अमेरिकासहित इजिप्टले मध्यस्थता गर्दै आएका छन् ।

यद्यपि इरानमा हमास नेता इस्माइल हनियाहको हालैको हत्याले युद्धविराम वार्तालाई धक्का दिएको छ । किनभने इरान, हमास र प्रतिरोधी अक्षका अन्य सदस्यहरूले हानिएहको हत्यामा इजरायलविरुद्ध बदला लिने धम्की दिएका छन् । 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update