काठमाडौं । राष्ट्रिय गौरव एवम् रणनीतिक महत्वको काठमाडौं–तराई÷मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाँखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ सँगै निर्माण कार्यले चाँडो पूर्णता पाउने अनुमान गरिएको छ ।
आयोजनाको भौतिक प्रगति ३५.९८ प्रतिशत रहेको छ । लेनडाँडामा रहेको निजगढ–काठमाडौँतर्फको १.६१२ किमी र काठमाडौँ–निजगढतर्फको १.६३३ किमी सुरुङ यसअघि नै खनिसकिएको छ ।
३.३२२ किमीको निजगढ–काठमाडौँतर्फको महादेवटार सुरुङ हालसम्म २.२९ किमी तथा ३.३८६ किमीको काठमाडौँ–निजगढतर्फको २.२८८ किमी सुरुङ खनिसकिएको छ । सो सुरुङ यसैवर्ष सम्पन्न गर्नेगरी काम भइरहेको नेपाली सेनाले जनाएको छ ।
आयोजनालाई १३ प्योकजमा विभाजन गरी निर्माण गरिएको छ । आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनको चरणमा रहेका छन् ।
बाँकी चार पुल खोकना क्षेत्रमा छन् । यो क्षेत्रमा भने जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण निर्माण कार्य हुन सकेको छैन । तर, सरकारले समाधान दिने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आश्वस्त पारेका छन् ।
जगढ रहेको यो सडकको लम्बाइ ७०.९७७ किलोमिटर छ । द्रुतमार्गमा १०.३०९ किमी लम्बाइको ६ वटा सुरुङ बन्ने छन् ।
फास्ट ट्रयाकका फाइदा
– तराई र संघीय राजधानी काठमाडौं जोड्ने कडीको रूपमा ‘फास्ट
ट्रयाक’ नेपालको ‘लाइफ लाइन’ को रुपमा हेरिएको छ ।
– फास्ट ट्रयाक निर्माणपछि पर्याप्त अध्ययन गरि विद्युतीय रेलमार्गले
राजधानी र अन्तर्राष्ट्रिय विमानस्थललाई जोड्न सकिन्छ ।
– व्यापार, व्यवसाय र आर्थिक गतिविधिका दृष्टिले फास्ट ट्रयाक आर्थिक विकासको मेरुदण्डका रूपमा दूरगामी महत्व राख्छ ।
– यात्रामा लाग्ने समय १२ घण्टा भन्दा कममा घटाउन सकिन्छ ।
– तराई क्षेत्रको उत्पादन र व्यापारिक वस्तुहरूको किनबेच सहज
हुनुकासाथै स्थानीय व्यवसायहरूको प्रवद्र्धनमा मद्दत पु¥याउँछ ।
– फास्ट ट्रयाकले काठमाडौं र तराई क्षेत्रको बीचमा संचार र सम्पर्कलाई बढावा दिन्छ ।
– फास्ट ट्रयाकले यातायात दुर्घटनाहरूको जोखिम कम गर्न सक्छ ।
– फास्ट ट्रयाकको निर्माणसँगै सडक वरिपरि नयाँ सहर र औद्योगिक क्षेत्रहरूको विकास हुने सम्भावना बढ्छ ।
– यात्रा गर्न सजिलो र छिटो हुनेले पर्यटकहरूको आगमनमा वृद्धि हुने र पर्यटन क्षेत्रलाई लाभ पु¥याउँछ ।
– इन्धनको बचत हुन्छ र लाखौं लिटर पेट्रोलियम पदार्थमा हुने व्यापार घाटा कम गर्छ ।
काठमाडौंबाट निजगढसम्मको ७२.५ किलोमिटरको उक्त द्रुत मार्ग करिब १ घण्टामै पूरा गरिने बताइएको छ ।
द्रूतमार्ग विसं २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना १३ प्याकेजमा विभाजन गरी निर्माण भइरहेको छ । द्रूत मार्ग पहाडी भू–भागमा २५ मिटर र तराई भूभागमा २७ मिटर फराकिलो हुनेछ ।