News 24 Television
बंगलादेशको विद्रोहबाट नेपाललाई के खतरा ? बढाइयो सुरक्षा सतर्कता 

काठमाडौं । बंगलादेशको प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर भारत पुगेपनि अहिलेसम्म बंगलादेश भित्र आन्दोलन मत्थर हुन सकेको छैन । हसिनाको पार्टीका नेता तथा कार्यकर्तासँगै त्यहाँ रहेका अल्पसंख्यक हिन्दू र बौद्ध धर्मावलवम्बीमाथि पनि आक्रमण भइरहेको छ । 

त्यहाँको प्रदर्शन अराजक बन्दै जाँदा ठूलो संख्यामा बंगलादेशी नागरिक पलायन हुने खतरा छ । त्यसैले भारत हुँदै बंगलादेशी नागरिक नेपालसम्म आउन सक्ने सम्भावनाका कारण  नेपालले उच्च सुरक्षा सतर्कता अपनाएको छ । 

बंगलादेशमा हिंसात्मक आन्दोलनले ल्याएको राजनीतिक उथलपुथलको असर नेपालसम्म पर्न सक्ने भन्दै नेपालले उच्च सुरक्षा सतर्कता अपनाएको छ । 

आरक्षण कोटाको विरोधमा विद्यार्थीहरुले चर्काएको आन्दोलनले उग्ररुप लिएपछि बंगलादेशी प्रधानमन्त्री शेख हसिना भागेर भारत पुगिसकेकी छन् । 

हसिनाले राजीनामा दिएपनि उनको दल अवामी लीगका नेता तथा कार्यकर्ता र अल्पसङ्ख्यक हिन्दू बौद्धमाथि प्रदर्शनकारीको आक्रमणको निसाना बनिरहेका छन् । त्यस्तै हसिनाले देश छोडेसँगै सरकारविहिन भएको अवस्थामा बंगलादेशमा लुटपाट भइरहेको दृश्यहरु पनि सार्वजनिक भइरहेका छन् । 

यस्तोमा हिंसात्मक आन्दोलनबाट बच्न ठूलो संख्यामा बंगलादेशी नागरिक देशबाट पलायन हुने खतरा छ । बंगलादेशी नागरिक नेपालसम्म आउन सक्ने भन्दै उच्च सुरक्षा सतर्कता अपनाएको नेपाल प्रहरीको भनाइ छ । 

नेपालको कोशी प्रदेशको झापा, मोरङ र सुनसरी लगायतका भारतसँग सीमा जोडिएका क्षेत्रमा कडाई गर्नुका साथै निगरानी पनि बढाइएको छ । त्यसैगरी बंगलादेशमा म्यानमारबाट आएका रोहिंगाहरु पनि हिंसात्मक आन्दोलन चर्किदैँ जाँदा भारतको बाटो हुादै नेपाल पस्न सक्ने प्रहरीको आंकलन छ । 

त्यसबाहेक नेपालमा पनि बंगलादेशमा जस्तै नागरिकमा राजनीति र नेताहरुप्रति चरम निराशा छ । त्यसैले पनि सुरक्षा व्यवस्था चुस्त बनाउँदै यसतर्फ पनि नेताहरुले सोच्नु पर्ने सुरक्षा विश्लेषकहरु बताउँछन् । 

ट्युनिसिया हुँदै मध्यूपर्वमा अरब स्प्रिङ्गका रुपमा सल्किएको नागरिक विद्रोह केही समय अघि श्रीलंकामा पनि भएको थियो । श्रीलंकाबाट पनि राष्ट्रपति देश छोडेर भागेमा थिए । त्यस्तै प्रकृतिको आन्दोलन चर्किदा बंगलादेशबाट पनि प्रधानमन्त्री हसिना भाग्नु पर्ने अवस्था आयो ।

नेपालमा पनि नागरिक राजनीतिक दलहरुको शैलीप्रति सन्तुष्ट छैनन् । छिमेकी देशहरुमा भइरहेका विद्रोहलाई मध्यनजर गर्दै नेपालमा पनि दलहरुले बेलैमा बुद्धि पु¥याउनु पर्ने विश्लेषकहरु सुझाव दिन्छन् ।  

सोमवार बंगलादेशबाट हसिना पलायन हुने बित्तिकै नेपालमा अपनाइएको सुरक्षा सतर्कता बंगलादेशी ागरिक नेपाल पस्लान् भन्नेमा मात्रै पक्कै केन्द्रीत छैन ।

त्यसैले छिमेकी देशहरुमा भइरहेका यस्ता नागरिक विद्रोहबाट पाठ सिक्दै यहाँ राजनीतिक दलहरुले पनि आफ्नो शैली र नागरिक निराशा चिर्न बेलैमा ध्यान पु¥याउन जरुरी छ । 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update