काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले मानव स्वास्थ्यसंग खेलवाड गरेको विषय सदनमा प्रवेश गरेकोे छ । समाज कल्याण परिषद्को प्रतिवेदनले नेपाल रेडक्रस सोसाइटीभित्र भ्रष्टाचारदेखि मानव स्वास्थ्यका विषयमा गम्भीर लापरवाही गरेको उल्लेख छ ।
सदनमा रेडक्रसले मानव स्वास्थ्यमा गम्भीर लापरवाही गर्दा समेत सरकार मुखर्दशक बनको आरोप लागिरहेको छ । नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराउँने रगत गुणस्तरहिन भएको समाज कल्याण परिषद्ले निकालेको प्रतिवेदन उल्लेख गरिएको छ ।
परिषद्को प्रतिवेदन अनुसार रेडक्रसले रगत संकलनका लागि रक्तदाताको छनौट, रगत सङ्कलन, प्रोसेसिङ, भण्डारण र प्रयोग हुने उपकरणको अवस्था समेत जोखिमपूर्ण देखिएको प्रतिवेदनको निष्कर्ष छ ।
रेडक्रसले रगत संकलनदेखि वितरणमा सम्म अपनाउनु पर्ने मापदण्ड पालना नगरको भन्दै मानव स्वास्थ्यसंग जोडिएको अत्यन्तै संवेदनशील विषय बाहिर आउँदा समेत सरकार मौन बसको भन्दै प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा आपत्ति जनाएको छ ।
समाज कल्याण परिषद्ले २२ वटा सूचक राखेर रेडक्रस रतmसंचार केन्द्रको रगतको गुणस्तर छानबिन गर्दा केन्द्रको रगतको अवस्था गुणस्तरहिन भएको प्रतिवेदनमा उल्लेख गरेको छ । साथै, यस्तो रगत प्रयोग गर्दा स्वास्थ्य अवस्था थप जोखिमपूर्ण हुने समेत प्रतिवेदनमा औल्याइएको छ ।
रेडक्रस रक्त संचार केन्द्रमा रगतको सुरक्षित प्रोटोकल तथा मापदण्डको परिपालनामै गम्भीर त्रुटि भएको दाबी छ । यसरी रगत जस्तो संवेदनशील वस्तुमा गरिएको हेलचक्राईले मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने निश्चित छ ।
तर, रगत जस्तो संवेदनशील वस्तुलाई लिएर मानव स्वास्थ्यसंग खेलवाड गरिरहेको रेडक्रस रक्तसंचार केन्द्रको लापरवाहिलाई कारवाहिको दायरमा ल्यानु त परैजासोस् । यो विषयमा स्वास्थ्य मन्त्रालयलाई राम्रोसंग जानकारी नै भएको देखिदैन ।
कुनै पनि दुर्घटना, प्रसुति जस्ता आपत्कालिन समयमा रगतको अवश्यकता पर्दछ । यो समयमा रगत जीवन र मरणसंग जोडिएर आउने गर्दछ । तर, समाज कल्याण परिषद्ले असार १७ गते पेस गरेको प्रतिवेदनमा रेडक्रस रक्तसंचार केन्द्रले रगत राख्ने स्थान अस्वस्थकर, फोहोर भएको समेत उलेख्लेख छ । नेपाल रेडक्रस सोसाइटीको तथ्यांक अनुसार सोसाइटीको रक्तसंचार केन्द्रबाट हरेक वर्षमा ४० लाख युनिट रगत उपलब्ध गराउने गरेको देखिन्छ ।
तर, केन्द्रले रगतको परिक्षण गर्ने एचआइभी, हेपाटाइटिस बि र सी जाँच गर्ने किट समेत गुणस्तरहिन भेटिने र गम्भीर त्रुटीहरु भेटिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रविवदेनले रेडक्रस रत्तसंचार केन्द्रको रगतको गुणस्तरीयताको विषयमा गम्भीर समस्याहरू देखाउँदै स्वास्थ्य मन्त्रालय महिला बालबिालका तथा ज्येष्ठ नागरिक मन्त्रालय, गृह मन्त्रालयमा कारवाहीको माग सहित सिफारिस समेत गरेको छ । तर मानव स्वास्थ्यसंग जोडिएको गम्भीर विषयप्रति कुनै पनि निकायले कारवाहीको सट्टा मौन रहनुले सरकार र सम्बन्धित निकाय जनस्वास्थ्यप्रति कति जिम्मेवार छन भन्ने प्रष्ट भएको छ ।