काठमाडौँ । मुटुलाई मानवशरीरको महत्वपूर्ण अंग मात्र हैन मुटुलाई जिवन र मृत्युसंग समेत तुलना गर्ने गरिन्छ । सान्यतया मुटुको चाल वा मुटुको धड्कनले मानिस जिवित छ वा छैन भनेर बुझ्ने गरिएको छ । तर मानव शरीरको महत्वपूर्ण अंग मुटुले नै काम नगरेको अवस्था मुटु प्रत्यारोपणको अर्को विकल्प छैन । तर, चिकित्सा विज्ञानले गरेको प्रगतिले मुटु प्रत्यारोपणलाई सहज बनाएको छ । साथै कृत्रिम मुटु, कृत्रिम भल्भ प्रत्यारोपण लगायत चिकित्सा विज्ञानले पाएका महत्वपूर्ण उपलब्धिहरु हुन् ।
हालै अमेरिकी बैज्ञानिकहरुले टाइटेनियम निर्मित कृत्रिम मुटुको सफल प्रत्यारोपण गरेसंगै चिकित्सा विज्ञान तर्फ अर्को नयाँ फड्को मार्न सफल बनेको छ । टाइटेनियमबाट बनेको कृत्रिम मुटु ५८ वर्षीय बिरामीलाई प्रत्यारोपण गरिएको तथ्य सार्वजनिक भएको छ । पूर्ण मेटलबाट बनाएको उक्त टाइटेनियमयुक्त कृत्रिम मुटु बिरामीलाई ८ दिनसम्म राखिएको थियो । ८ दिनसम्म उक्त मुटुले राम्रोसंग काम गरेको प्रत्यारोपणमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
टाइटेनियमले बनेको उक्त कृत्रिम मृटु अमेरिकाको टेक्सास हार्ट इन्स्टियुटको मेडिकल उपकारण कम्पनी बायवेकरले विकास गरेको हो । यो कृत्रिम मुटुको प्रमुख विशेषताको रुपमा १२ लिटर प्रतिमिनेटको दरले रगत पम्प गर्ने र यसमा चुम्बकीय रोभर मुभ्मेटको प्रयोग गरिएको छ । साथै यो मुटु लगाइने मानिसको पेटमा एउटा सानो नियन्त्रक लगाइन्छ, जसले बाहिरबाट उपकरणलाई संचालन गर्न समेत मदत गर्ने गर्दछ ।
कृत्रिम मुटु बनाउन बैज्ञानिकहरुलाई १० वर्ष लागेको बताएको छ । उक्त मुटुको पहिलो सफल परिक्षण गरिएको र यसको अन्तिम चरण पनि यसले पुरा गर्ने अपेक्षा निर्माणकर्ता तथा प्रत्यारोपणमा संलग्न चिकित्सकहरुले गरेका छन् । यूएस फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनले प्रारम्भिक अध्ययनको रुपमा निरक्षण गरी उक्त मुटु मानिसमा प्रत्यारोपण गरेको हो ।
चिकित्सा क्षेत्रमा मुटु प्रत्यारोपणलाई निहाल्ने हो भने सन् सन् १९६७ को डिसेम्बर ३ मा ५३ वर्षीय एक व्यतिmमा एक मानिसको मुटु अर्कोमा प्रत्यारोपण गरी मुटु प्रत्यारोपणको सुरुवात भएको थियो । यसैगरी कृत्रिम मुटु कै कुरा गर्ने हो भने सर्वप्रथम १९८२ मा कृत्रिम मुटु प्रत्यारोपण गरिएको थियो । कृत्रिम मुटु तथा प्रत्यारोपणको अभ्यास चिकित्सा विज्ञानमा नौलो विषय होइन ।
तर, हाल निर्माण गरिएको कृत्रिम मुटु भने पूर्ण मेकानिकल उच्च गतिको रेल लाइन जस्तै प्रविधि प्रयोग गरिएको हाल प्रयोगमा ल्याइने भन्दा निकै भिन्न र फरक प्रविधियुतm कृत्रिम मुटु भएको बैज्ञानिकहरुले दाबी गरेका छन् । साथै अहिले आविष्कार भएको टाइटेनियमको कृत्रिम मुटु चिकित्सा विज्ञानका लागि कोशेढुङ्गाका रुपमा समेत व्याख्या गरिएको छ ।
त्रिगुणा भट्टराई बस्नेत,