News 24 Television
द भाइब्ज ब्यान्डलको पहिलो एआई म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । द भाइब्ज ब्यान्डले नेपालमै पहिलोपटक एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रयोग गरी बनाइएको म्युजिक भिडियो सार्वजनिक गरेको छ । नेपालसंगै अमेरिकामा समेत ख्याति आर्जन गरेको नेप्लिज अमेरिकन पप रक ब्यान्ड द भाइब्ज ब्यान्डले आफ्नो लोकप्रिय गीत थाकिसकेँमाथि एआइद्वारा निर्मित भिडियो आइतबार राष्ट्रिय टेलिभिजनहरुमार्फत सार्वजनिक गरेको हो ।

यस भिडियोमा एआईले सिर्जना गरेका अवास्तविक (कृत्रिम) युवायुवतीको अभिनय रहेकाे छ । उनीहरूकाे प्रेम र विछोडको दृश्यलाई एआईलाई दिइएको निर्देशनबाट मनमोहक ढंगले देखाइएको छ। पात्र र चरित्र मात्र नभएर भिडियोमा देखिने सबै दृश्य पनि एआईकै सिर्जना अर्थात् कृत्रिम दृश्य हुन् । तर वास्तविकझैँ लाग्नेगरी उक्त भिडियाे निर्माण गरिएकाे छ ।

मिडजर्नी, रनवेएमएल, लुमाएआई, किङएआई, टोपाज भिडियो एआईजस्ता सप्टफ्टवेयरको मद्दतबाट निर्माण गरिएको भिडियोमा प्रइनको एआई निर्देशन, सम्पादन र कलर ग्रेडिङ रहेकाे छ । साथै अजय भट्टराईको स्क्रिन-प्ले रहेको भिडियाेमा विवेक पोखरेलको शब्द रचना छ । विश्व विख्यात ग्रार्मी अवार्डको नोमिनेसनमा पर्न सफल मनोज सिंहंको बाँसुरी सुर रहेको सो गीतमा साश्वत श्रेष्ठको मिक्सिङ र निर्माण रहेको छ । 

सन् २००८ मा सार्वजनिक ब्यान्डको द भाइब्ज जेनरेसन एल्बममा समावेश सो चर्चित गीत ब्यान्डले इम्प्रोभाइज गरी फेरि एक पटक एआई जेनरेसनका लागि पस्किएको हाे । हेर्नुस् भिडियाे-

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update