News 24 Television
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले छाडिन् देश, पदबाट राजीनामा

काठमाडौँ । बाङ्ग्लादेशमा सरकारविरोधी आन्दोलन चर्किएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । उनले राजीनामा दिएसँगै देश छाडेको बीबीसी सेवाले जनाएको छ । 

बिबिसी बाङ्ग्लाका अनुसार सोमबार हसिनाले राजीनामा दिएकी हुन् । प्रदर्शन उग्र बनेसँगै हजारौँ प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवासमै प्रवेश गरेका थिए । उनीहरूले प्रधानमन्त्री हसिनाको राजीनामा माग्दै आन्दोलन चार्काइरहेका थिए । अन्ततः आन्दोलन साम्य नभएपछि प्रधानमन्त्री हसिनाले राजीनामा दिएकी हुन् । 

प्रधानमन्त्री पदबाट राजीनामा दिएलगत्तै हसिना सेनाको हेलिकप्टरबाट भारत शरणमा गएको बताइएको छ । र, त्यहाँको सत्ता सेनाले हातमा लिएको आशंका गरिएको छ । सुरक्षा व्यवस्था कडा पार्दै सडकमा सेना गरिएकाे सञ्चार माध्यमहरूले जनाएका छन् । 

केही सातादेखि चर्किएको विद्यार्थाी आन्दोलनका कारण त्यहाँ सयौँ नागरिकको ज्यान गइसकेको छ । आइतबार ठूलो हिंसात्मक आन्दोलन भएको थियो । एशियाकै शक्तिशाली महिलाको सूचीमा रहेकी प्रधानमन्त्री हसिनालाई देश नै छाड्नुपर्ने खालको आन्दोलन चर्किनु अन्तर्राष्ट्रिय चासो र चिन्ताको विषय बनेको छ ।

राजीनामा दिनुअघि हसिनाले देशवासीका नाममा सम्बोधन गर्ने चाहना व्यक्त गरेको भए पनि त्यो सफल हुन नसकेको बताइएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update