News 24 Television
हमास प्रमुखलाई क्षेप्यास्त्र हानेर मारिएको इरानको दाबी

काठमाडाैँ । इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर्प्स (आईआरजीसी) ले हमासका पोलिटब्युरो प्रमुख इस्माइल हनियालाई लगभग ७ किलोग्राम वारहेडले भरिएको छोटो दूरीको क्षेप्यास्त्र हानेर मारिएकाे  बताएको छ ।

 शनिबार आईआरजीसीले जनाएअनुसार आतंकवादी कारबाहीलाई पाहुनाको निवास बाहिरबाट लगभग ७ किलोग्राम वारहेडले भरिएको छोटो दूरीको प्रक्षेपणले गोली चलाएर तिब्र विस्फोट गराएको थियो ।

इरानको राजधानी तेहरानमा कथित इजरायली हमलामा हानियाहको हत्या भएको सशस्त्र बलको आधिकारिक समाचार आउटलेट सेपाह न्यूजले जनाएको छ ।

आतंकवादी आक्रमण इजरायलले अमेरिकासँग मिलेर डिजाइन गरेको र गराएको बताइएको छ । मङ्गलवार इरानका राष्ट्रपति मसुद पेजेस्कियानको शपथ ग्रहण समारोहमा सहभागी हुन आमन्त्रित भएका हानियाको बुधवार बिहान तेहरानस्थित निवासमा इजरायली पक्षबाट आक्रमण हुँदा उनका अंगरक्षकसहितको मृत्यु भएको थियो । 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update