News 24 Television
विश्वमा फेरि आउँदैछ अर्को महामारी ! जोगिने कसरी ?

काठमाडौं । कोरोना महामारीपछि देखापरेको मंकीपक्स संक्रमण विश्वव्यापी बनिनै रहेको छ । मंकीपक्स संक्रमणले आफ्नो गति समेत बढाएको देखिन्छ ।

अफ्रिकी मुलुकमा पहिलो पटक देखापरेको मंक्कीपक्स संक्रमण पछिल्लो समय अफ्रिकामा नै १ सय ६० प्रतिशतले बढेको तथ्य सार्वजनिक भएको छ । यसको जोखिम भारत र नेपालमा पनि रहेको छ । 

अहिलेसम्म कुनै औषधी उपचार नभएको मंक्कीपक्स संक्रमण के हो त ? नेपालमा यसको जोखिम कति छ ? 

कोरोना महामारीपछि देखापरेको मंकीपक्स संक्रमण अहिले विश्वव्यापी रुपमै देखा पर्न थालेको  छ । यसले संक्रमण गति पनि बढाएको देखिन्छ । यो अफ्रिकी मुलुकमा पहिलो पटक देखापरेको थियो ।

अहिले भारत र नेपालमा पनि मंकीपक्सको संक्रमण देखिसकेको  छ । 
अफ्रिकामा त संक्रमण दर १ सय ६० प्रतिशतले बढेको तथ्य सार्वजनिक भएको छ । मंकीपक्सको उपचारका लागि अहिलेसम्म कुनै किसिमको ओखति बनेको छैन ।

के हो मंकीपक्स ?

मंकीपक्स भाइरस जङ्गली जनावरमा हुने एक भाइरस हो । यसको भाइरस बाँदर, मुसा लोखर्के लगायतका संक्रमित जनावारमा पाइने गर्दछ । मङ्कीपक्स गराउने भाइरस बिफर भाइरसकै वर्गमा पर्ने गर्दछ । तर यो बिफर गराउँने भाइरसको तुलनामा केहि कम घातक मानिएको छ । 

मंकीपक्स संक्रमणको सुरुवाति र अहिलेको अवस्था :

-  मध्य र पश्चिम अफ्रिकामा पहिलोपटक सन् १९५८ मा बन्दी बाँदरमा मंकीपक्स भाइरस फेला
- मानिसमा पहिलोपटक मंकीपक्स संक्रमण पुष्टि सन् १९७० मा कंगोमा  
-  सन् २०१७ मा नाइजेरियासहित अफ्रिकाका १० देशमा मंकीपक्स संक्रमण 
-   सन् २०२२ देखि २०२३ मा विश्वयापी महामारीको रुप 
--   हाल १ सय १२ भन्दा बढि देशमा संक्रमण फैलिएको पुष्टि 
-  पछिल्लो समय अफ्रिकामा संक्रमित दर पुनः बढ्दो अवस्थामा 

नेपालमा २०८० असार ३ गते पहिलो पटक मंक्कीपक्स ंसंक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले सूचना जारीगरी जनाएको थियो । 

नेपाल घुम्न आएकी ६० वर्षीय विदेशी महिलामा मंक्कीपक्स देखिए यता नेपालमा यसका ंसंक्रमित फेला परेका छैनन् । यद्यपी अहिले पुनः यो भाइरसको सङ्क्रमण कङ्गोसहित १० अफ्रिकी देशहरूमा फेला परेको तथ्य बाहिर आएसंगै विश्वका अन्य मुलुक सहित नेपालमा पनि यसको जोखिमलाई भने नर्कान सकिदैन । 

साथै पूर्वी कङ्गोमा अक्टोबरदेखि जनवरीसम्म अस्पतालमा भर्ना भएका बिरामीहरूको अवस्थालाई हेरेर निकालिएको निश्र्कषमा भाइरसको आनुवांशिक उत्परिवर्तनहरूका कारण मानिसहरूमा निरन्तर फैलिएको बताएको छ । 

डब्लूएचओका अनुसार मंक्कीपक्स भाइरस संक्रमित व्यक्तिको सम्पर्कबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । 

यो भाइरस श्वासप्रश्वास, थुक, ¥याल, संक्रमित व्यक्तिको छालाको घाउ वा शरीरबाट निस्किने तरल पदार्थबाट सर्ने जोखिम हुन्छ । यसले बालबालिका, गर्भवती र रोग प्रतिरोधक क्षमता कम भएकामा यसको गम्भीर संक्रमण हुने समेत डब्लुएचओले जनाएको छ । 

मंक्कीपक्स संक्रमणबाट अहिले नै त्रसित हुने अवस्था छैन । तर भविष्यमा पर्न सक्ने जोखिमलाई नर्कान सकिदैन । 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update