News 24 Television
धुनीवेशीमा गाईभैसी पालनले किसान मालामाल

धादिङ । तरकारी उत्पादनका लागि राजधानी काठमाडौसँगै जोडिएको धादिङ जिल्ला प्रख्यात छ । धादिङका अधिकांस किसान पशुपालन र कृृषिकर्ममा आवद्ध छन् ।

 जिल्लाका विभिन्न पालिकाहरुमध्ये धुनिवेशी नगरपालिकाको प्रमुख आम्दानीको श्रोत पनि कृषि नै रहेको छ । तरकारी खेतीमा आत्मनिर्भर बन्ने क्रममा रहेको धुनीबेशीका किसानहरुले पछिल्लो समय दुध विक्रिबाट पनि लोभलाग्दो आम्दानी गरिरहेका छन् । 

धुनीवेशीमा प्रायजसो सवैले घरमा गाई भैसी पालेका छन् । किसानहरु बिहानै बाल्टीन, क्यान र पानी वोक्ने गाग्रीमा समेत दुध संकलन केन्द्रसम्म पुग्ने गरेका छन् । यहाँका कतिपय किसानहरुले त व्यावसायीक रुपमा गाई–भैसी पालन गर्दै आएका छन् । 

धुनिवेशी नगरपालिका वडा नंं. १, २, ३, ४ र ५ वडाका धेरै किसानहरुको गाई भैसीको दुध विक्री गरेरै मज्जाले जिविकोपार्जन भइरहेको छ । दुध विक्री गरेर आत्मनिर्भर भएका मध्ये  जीवन गौतम पनि एक हुन । उनले ३ वटा उन्नत जातका गाई पालन गरेका छन् जसबाट प्रतिदिन २१ लिटर दुध विक्री गर्छन् । 

जीवन  गौतम जस्तै प्रतिदिन १ सय लिटर दुधसम्म विक्री गर्ने श्यामबाबु खुलालले व्यवसायीक रुपमा १० वटा गाई भैसी पालेका छन् । अहिले १० वटा गाई भैसीबाट उनले दैनिक ७२ लिटर दुध संकलन केन्द्रमा ल्याउने गरेका छन् । दुध विक्री गरेर मासिक २ लाखभन्दा वढि आम्दानी गर्ने गरेका श्यामबाबुले सबै खर्च कटाएर ६० हजार देखी ६५ हजार रुपैयाँसम्म नाफा गर्ने गरेका छन् । 

धुनिवेशी नगरपालिकाको धाक्र्रे, जीवनपुर, खानीखोला लगायत १० देखी १२ स्थानमा दुध संकलन केन्द्र रहेको छ । एउटा दुध संकलन केन्द्रमा कम्तिमा ७० जना किसानले दुध संकलन गर्ने गरेका छन् । 

जसबाट ४ सय देखी ४ सय ५० लिटरसम्म दुध धुनिवेशी नगरपालिकाको एक संकलन केन्द्रमा जम्मा हुने गरेको छ । धुनिवेशी नगरपालिकामा ६ हजार देखी ८ हजार लिटर दुध संकलन हुने गरेको छ । यहाँबाट धेरैजसो दुध काठमाडौँ पठाउने गरिन्छ भने यही बाँकी रहेको दुधबाट चिज, पनिर समेत बनाउने गरिएको छ । 

तरकारी खेतीमा भन्दा दुधमा राम्रो आम्दानी हुने र धेरै परिश्रम पनि गर्नु नपर्ने तथा  जोखिम पनि कम भएकोले पछिल्लो समय धुनिवेशीका किसानहरु गाइ भैसी पालनतर्फ जोड दिन थालेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update