News 24 Television
पार्टीको कार्यदिशा र शासकीय स्वरुपमा रास्वपाको छलफल 

काठमाडौं । ७९ सालको निर्वाचनभन्दा ६ महिनाअघि मात्रै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला राष्ट्रिय भेलादेखि महाधिवेशनको तयारीमा छ । 

आगामी असोजमा राष्ट्रिय भेला र बैशाखमा महाधिवेशन गर्ने तयारी स्वरुप रास्वपाले बन्द कार्यशाला गरिरहेको छ । भावी रणनीति तथा पार्टीको कार्यदिशा तय गर्न भन्दै बसेको रास्वपाको कार्यशालाले कस्तो सुझाव दिएको छ त ? 

गएको आम निर्वाचनको समयमा स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छोटो समयमै अप्रत्याशित नतिजा हासिल गर्यो । पुराना राजनीतिक दलहरुले मुलुक विगारेको भन्दै सत्तोसराप गर्दै राजनीतिमा उदाएको रास्वपाको वैचारिक दृष्टिकोणबारे स्पष्ट छैन ।

 यद्यपि उदार लोकतन्त्रमा विश्वास गर्ने बताएको रास्वपाले संविधानवाद मान्ने भनिरहेको छ । वैचारिक दृष्टिकोण स्पष्ट नभएको भन्दै उर्लिएको खहरे खोला भनी आलोचकहरुले भनिरहँदा रास्वपा पार्टीको वैचारिक दृष्टिकोण बनाउने बाटोतर्फ अघि बढेको छ । 

पार्टीको भावी रणनीति तथा कार्यदिशा तय गर्नकै लागि रास्वपा महाधिवेशनमा जाने तयारीमा छ । त्यसैको तयारीका लागि रास्वपाले दुई दिने बन्द कार्यशाला सम्पन्न गरेको छ । 

सोही बन्द कार्यशाालाले आगामी असोज ३ र ४ गते राष्ट्रि«य भेला आयोजना गर्न र २०८२ बैशाख तेश्रो साता पार्टीको राष्ट्रि«य महाधिवेशन गर्न सुझाएको छ । पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई ६ भागमा बाँडेर विचार, संगठन, मूल्य–मान्यता, संसदीय मामिला, लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब तथा पार्टी अभियानबारे कार्यशालामा छलफल भएको छ ।

बन्द कार्यशालाले विधान संशोधन सुझाव कार्यदलको प्रतिवेदन भदौ मसान्तभित्र तयार गरी केन्द्रीय समिति मार्फत् राष्ट्रि«य भेला पेश गर्ने, जिल्ला संयोजक तथा उपसंयोजक र निर्वाचन क्षेत्र समितिको संलग्नतामा जिल्ला भेला मार्फत् जिल्ला तदर्थ समिति गठन गर्ने, पार्टीको अर्थ राजनीतिक (जलेश्वर) प्रस्तावनाको व्याख्या गरी पार्टीको वाचापत्र लगायत अन्य दस्तावेजका आधारमा केन्द्र प्रदेश तथा जिल्लामा प्रशिक्षण गर्ने सुझाव पनि दिएको छ । 

ब्यवस्था बदल्ने नभई अवस्था बदल्ने भन्दै राजनीतिमा उदाएको रास्वपा संघीय शाशन प्रणालीमा पनि स्पष्ट छैन । संविधानवादलाई स्वीकार गर्ने बताइसकेपछि यहि संविधान मातहतको शासकीय स्वरुपको विरोध गर्न रास्वपालाई समस्या छ । तर पनि उसले पहिलो पटक निर्वाचनमा भाग लिँदा प्रदेशमा भाग लिएन । 

जसले गर्दा वर्तमान प्रादेशिक संरचनाप्रति पनि रास्वपा अन्यौलमै छ ।  त्यसैले शासकीय स्वरुपका विषयमा पार्टीभित्र व्यापक छलफल गर्नुपर्ने आवश्यकता रास्वपाले गरेको छ । 

त्यसैले शासकीय स्वरुपदेखि संविधान संशोधन समेतलाई मध्यनजर राखी पार्टीको अवधारणा तयार गर्न कार्यशालाले सुझाएको छ । 

रास्वपाले आफूलाई मासवेस पार्टी भने पनि यतिबेला भने पार्टी संगठन विस्तारमा जोड दिन थालेको छ । अन्य दलहरुले जस्तै जनवर्गीय संगठनहरु नबनाउने भनी पार्टी स्थापना मै घोषणा गरे पनि रास्वपाले विभिन्न किसिमका आंगिक संगठन निर्माणमा पनि जोड दिन थालेको छ । 

त्यसैले पार्टीको आचरसंहिता र मुल्य मान्यता आधारित दस्तावेजहरु पुनरावलोकन गरी सदस्यहरुबाट प्राप्त सुझावहरु समेत समेटी प्रशिक्षणसमेत चलाउने तयारी रास्वपाले गरेको छ । 

दुई दिनसम्म सञ्चालन भएको बन्द कार्यशालाको सुझाव अनुसार नै रास्वपाले अगामि दिनमा अगाडि बढ्ने जनाएको छ । 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update