काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले पुरानो रेडियोथेरापी मेसिनको पारमाणविक सोर्सको उचित व्यवस्थापन नगरि नयाँ रेडियोथेरापी मेसिन प्रयोगमा ल्याएको छ ।
क्यान्सर उपचारका अस्पतालले प्रयोगमा ल्याएको पुरानो मेसिन धेरै पुरानो भए पछि अस्पतालले नयाँ मेसिन जडान गरेको हो । तर, अस्पतालले पुरानो रेडियोथेरापी मेसिनको पारमाणविक सोर्सको उपचित व्यस्थापनमा भने चुकेको देखिन्छ ।
अस्पतालले रेडियोथेरापी मेसिनको पारमाणविक सोर्स व्यवस्थापन अस्पताल परिसरमै गरेका कारण त्यसले जोखिम बढाउँने चिन्ता बढाएको छ ।
चिकित्सा विज्ञानको बरदानका रुपमा लिइने गरेको विभिन्न प्रविधि मध्ये पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग क्यान्सर, ट्युमर, भिडियो एक्रे लगायतका स्वास्थ्य उपचार पहिचान र उपचारका लागि प्रयोग हुने प्रविधिहरु हुन् । तर, यस्ता प्रविधिले उपचारमा सहजता मात्र प्रदान गर्दैनन् ।
प्रयोग पछि यस्ता वस्तुको उचित व्यवस्थापन नभएको अवस्थामा यसले मानव जीनमा गम्भीर समस्या समेत निम्ने गर्दछ । यस्तै प्रविधिको प्रयोग गदै क्यान्सर रोगको उपचार गदै आइरहेको भक्तपुर क्यानसर अस्पतालले पुरानो रेडियोथेरापी मेसिनको पारमाणविक सोर्सको उचित व्यवस्थापन बिना नयाँ मेसिन जडान गरेको छ ।
अस्पतालले बिरामीको सहजका लागि भन्दै नयाँ मेसिन जडान त ग¥यो । तर पुरानो मेसिनको पारमाणविक सोर्सको व्यवस्थापनमा अस्पताल चुकेको प्रष्ट देखिन्छ । अस्पताल स्वयम आफै पनि सोर्स व्यवस्थापन दिर्घकालीन नभको र यसको उचित व्यवस्थापनमा अस्पताल जुटिरहेको बताउँछ ।
भतmपुर क्यान्सर अस्पतालले पुरानो रेडियोथेरापी मेसिन इटालियन कम्पनीबाट ल्याइएको किनेर ल्याएको थियो । जसको कारण पुरानो मेसिनको सोर्स व्यवस्थापन गर्ने जिम्मेवारी पनि कम्पनीकै थियो ।
किनकी रेडियोधर्मी स्रोत आयात गर्दाखेरि यसको विसर्जन गर्ने जिम्मेवरीपनी सोही कम्पनीले लिने गरेको हुन्छ । तर, अहिले उक्त कम्पनी नै कोल्याप्स भएका कारण अस्पतालाई सोर्स व्यवस्थापनमा कठिनाई देखिन्छ । यद्दपी, स्रोतका अनुसार भारत सरकारले पुरानो सोर्सको उचित व्यवस्थान नभए सम्म नयाँ रेडियोथेरापी मेसिनको सोर्स नदिने बताएको थियो । तर अहिले अस्पतालले नयाँ मेसिनमा सोर्स जडान गरी मेसिन संचालनमा ल्याउनुले अस्पतालले मानवजीवनसंग खेलवाड गरेका स्रोतको आरोप छ । यस विषयमा स्वास्थ्य मन्त्रलाय पनि जानकार नभएको होइन । तर, परिणाम देखिएको छैन ।
भतmपुर क्यानसर अस्पतालले क्यानसर रोगको उपचारमा सहजता ल्याउने उदेश्यले नयाँ रेडियसनथेरापी मेनिस जडान गरी प्रयोगमा ल्याउनु सकारात्मक पक्ष हो । तर मानव रक्षाका लागि प्रयोगमा ल्याइएका यस्ता वस्तुलाई लिएर गरिने सानो लापरवाहीले भविष्यमा पर्न सक्ने ठूलो जोखिमलाई भने कसैले पनि विर्सन हुदैँन । यस पक्षमा राज्य गम्भिर बन्नै पर्छ ।