दलित र जनजाति समुदायबाट तीन राज्यमन्त्री नियुक्त
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दलित र आदिवासी जनजाति समुदायको प्रतिनिधित्व हुनेगरी तीनजना राज्यमन्त्री नियुक्त गरेका छन् । यससँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ । यो राज्यमन्त्रीसहित मन्त्रिपरिष २५ सदस्यीय भएको छ ।
उनीहरुमध्ये २ जना नेपाली कांग्रेसका र १ जना नागरिक उन्मुक्ति पार्टीका हुन् । कांग्रेसका रूपा विक र पूर्णबहादुर तामाङ रहेका छन् भने नाउपाका अरुण चौधरी रहेका छन् । विक वन तथा वातावरण राज्यमन्त्री, तामाङ ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री र चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।
शुक्रबार राष्ट्रपतिको कार्यालयले राज्यमन्त्री नियुक्ति गरिएको जानकारी दिएको हो ।
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१ १४:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय