काठमाडौं । रातो मछिन्द्रनाथको रथयात्रा यस वर्षका लागि विहीबार समापन भएको छ । भोटोजात्राको चार दिन अघि मच्छिन्द्रनाथको रथलाई ललितपुरको इटिटोलबाट जावलाखेल पु¥याएपछि रथयात्रा सम्पन्न हुन्छ । तर, जात्रा भने भोटो देखाएर मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखी बुंगमती पु¥याएपछि मात्रै समापन हुनेगर्छ । रातो मछिन्द्रनाथको रथयात्राको अन्तिम दिन विहीबार कस्तो देखियो त जावलाखेल क्षेत्रको दृष्य ?
नेपालको सबैभन्दा पुरानो र लामो जात्रा मानिने रातो मच्छिद्रनाथको रथयात्रा हिन्दू र बौद्ध धर्मावलम्बीको सम्बन्धको सेतु पनि हो । बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदादेखि सुरु भएर असार शुक्ल चौथीसम्म मनाइने यो जात्राले जनविश्वास र कथाको रुपमा पाटन र भारतको कामरुपलाई मात्रै जोडेको छैन, नेपालकै सबैभन्दा पुरानो जात्राकोरुपमा पनि आप्mनो ख्याति बनाएको छ । तर अन्तराष्ट्रिय स्तरमा भने उचित पहुँच पुग्न नसकेको मेयर चिरिबाबु महर्जनको ठम्याईँ छ ।
ललितपुरको पुल्चोकबाट आरम्भ हुने रथयात्रा पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गर्ने प्रचलन छ । १२ वर्षसम्म पानी नपरी सुख्खा भई खडेरी र अनिकाल भएका कारण लिच्छवीकालमा भक्तपुरका राजा नरेन्द्रदेव काठमाडौंका तान्त्रिक वज्राचार्य गुरु बन्धुदत्त र पाटनका किसान रथचक्रले करुणामयलाई आसामको कामरूपा कामख्याबाट नेपाल ल्याएको जनविश्वास रहँदै आएको छ । मच्छिन्द्रनाथलाई उपत्यकामा ल्याएपछि मात्रै वर्षा भइ सबै समस्या हरण भएको किवंदन्ती प्रचलित छ ।
१ हजार ६ सय बर्ष पुरानो यो जात्रा यो वर्ष तीन महिनासम्म मनाइएको छ । जात्राको बिहिवार अन्तिम रथयात्रा सम्पन्न भयो । मच्छिन्द्रनाथलाई हिन्दू धर्मावलम्बीहरुले सन्त गुरु करुणामयको रुपमा पूज्ने गरेका छन् भने बौद्ध धर्मावलम्बीले लोकेश्वरको रुपमा पूज्ने गर्छन ।