News 24 Television
पर्यटकको ओइरो, कुन महिना कति आए ? 

काठमाडौं । देशले आर्थिक मार खेपिरहेका बेला पर्यटन क्षेत्रले भने थोरै भएपनि राहत दिएको छ । पछिल्लो ७ महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको तथ्यांकले देखाएको छ ।

यसपटक पछिल्लो ७ महिनामा नेपालमा ६ लाख ४७ हजार ६१५ पर्यटक नेपाल भित्रिएका छन् । पर्यटकको यो संख्या सन् २०२३ को पहिलो ७ महिनाको तुलनामा २१.२२ प्रतिशतले बढि हो । 

सन् २०२३ मा नेपालमा अध्यागमन विभागको तथ्यांक अनुसार ५ लाख ३४ हजार २ सय ६ जना पर्यटक आएका थिए । अध्यागमन विभागका अनुसार सन् २०२४ को पहिलो ७ महिनामध्ये सबैभन्दा धेरै पर्यटक मार्चमा र सबैभन्दा कम जुलाईमा आएका छन् । 

मार्चमा १ लाख २८ हजार १ सय ६७ र जुलाईमा ६४ हजार ५ सय ९९ जना पर्यटक नेपाल भित्रिए । तर अघिल्लो वर्ष भने जुन महिनामा मात्रै ७६ हजार पर्यटक आएका छन् । 

सन् २०२४ को पहिलो ५ महिनामै  ५ लाख ६ हजार पर्यटक आएका थिए । तथ्यांक अनुसार गत वर्ष सन् २०२३ को पहिलो ७ महिनाको तुलनामा सन् २०२४ को सोही समयसम्ममा १ लाख १३ हजार ४०५ जना बढी पर्यटक नेपाल आएका छन् । 

prayatak-1722563927.JPG
 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update