News 24 Television
क्यान्सरको किमो दिदा विरामीको मृृत्यु, ओभरडोज मुख्य कारण 

काठमाडौं । चिकित्सकीय लापरवाहीका कारण बिरामीको अवस्था बिग्रिएको र मृत्यु भएका घटना पछिल्लो निकै बढिरहेका छन् । लापरवाहीकै एक अर्को घटना विहीवार सार्वजनिक भयो । 

यो बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा घटेको घटना हो । बीपी क्यान्सर अस्पतालले बिरामीलाई आवश्यक पर्ने भन्दा दश गुणा बढी किमो दिए पछि मृत्यु भएको तथ्य बाहिर आएको हो । 

स्वास्थ्यकर्मी तथा चिकित्सकहरुबाट हुने यस्ता गम्भीर लापरवाहीका कारण स्वास्थ्य उपचारको अवस्था प्रति नै प्रश्न चिन्ह उठेको छ । 

कुनै पनि रोगको उपचार गर्न बिरामी अस्पताल जाने गर्दछन् । तर अस्पतालमा चिकित्सकबाट नै स्वास्थ्य उपचारमा लापरवाही हुन्छ भने, बिरामीले कहाँ जाने र उपचार कसलाई गराउँने ? चिकित्सकले समयसमयले उपचारमा गर्ने गम्भीर लापरवाहीका घटनाले आम नागरिकलाई झस्काउने गरेको छ । 

यस्तै आमनागरिक झस्काउने खालको चिकित्सकीय लापरवाहीको घटना बिहिवार भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा घटेको छ । बीपी क्यान्सर अस्पतलामा उपचार गराइ रहेका ५० वर्षीय एक विरामीको उपचारका क्रममा आवश्यक भन्दा बढि किमो दिए पछि मृत्यु भएको तथ्य बाहिर आएको । 

बिरामीको उपचारमा लापरबाही भएको देखिएपछि अस्पताल प्रशासनले दुई चिकित्सकसहित २३ जना नर्ससँग स्पष्टीकरण लिएको अस्पतालले जनाएको छ ।

उपचारका लागि अस्पताल पुग्ने बिरामीमाथि चिकित्सकले गर्ने लापरबाहीका घटनाको उजुरीलाई हेर्ने हो भने पनि हरेक वर्ष ६० भन्दा बढि उजुरी पर्ने देखिन्छ । जसमा चिकित्सकले उपचारका क्रममा आचारसंहिता पालना नगरेको तथा बिरामीसंग रुखो व्यवहार गर्ने गरेको जस्ता सामान्यदेखि गम्भीर प्रकृतिका लापरबाहीका उजुरी पर्ने गरेका छन् । 
 
चिकित्सक तथा स्वास्थ्यकर्मीबाट भएका लापरवाहीका घटनलाई केलाउँदा 
ड्ड    २०७४ सालमा थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा बायाँ घुँडाको उपचार गर्नुपर्ने बिरामीको दायाँ घुँडाको शल्यक्रिया गरिएको थियो । 

ड्ड    २०८१ साउनमा बझाङ जिल्ला अस्पतालमा देब्रे हात हात भाँच्चिएर उपचारका लागि गएका एक जना बालकको दाहिने हातमा प्लास्टर 

ड्ड    २०७८ वैशाख १० गते बल्खुस्थित वयोधा अस्पताललमा सामान्य खालको घाउँ उपचार गर्न गएकी एक युवतीको उपचारमा लापरवाही गरेपछि संक्रमण बढेर खुट्टा चलाउन नमिल्ने भएको भन्दै २०७८ वैशाख १० गते बल्खुस्थित वयोधा अस्पतालको उपचारका सम्बन्धमा छानबिन गर्न नेपाल मेडिकल काउन्सिलमा उजुरी  

ड्ड    त्यस्तै २०७५ साल असार १२ गते धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा जन्मेका सजिव न्यौपानेको छोरा रिहानको अस्पतालको लापरवाहीका कारण पाँच पटक  शल्यक्रिया गर्नुपरेको थियो । जन्मजात निमोनियाँको संक्रमण लिएर जन्मिएका  रिहानलाई अस्पतालजन्य संक्रमण, पारासिटामोलको ओभर डोज दिने मात्र नभएर पटक पटक टाउँको शल्यक्रिया समेत अस्पतालबाट गरिएको थियो 

चिकित्सक तथा अस्पतालको गम्भीर लापरवाहीका कारण बिरामीको ज्यान जाने मात्र  नभएर आजिवन गम्भीर स्वास्थ्य अवस्था लिएर बाँच्नु परेका यी माथिका घटना केही प्रतिनिधि उद्धाहरण मात्रै हुन् । तर धेरै जस्तो अवस्थामा चिकित्सकको लापरबाहीका घटना बाहिर नआउने तथा त्यसको पुष्टि गर्न समेत कठिन हुने गरेको देखिन्छ । 

जसका कारण पनि लापरबाही गर्ने चिकित्सकले सजाय पाउने र पीडित तथा परिवारले क्षतिपूर्ति पाउने सम्भावना निकै न्यून हुने गरेको देखिन्छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update