News 24 Television
उर्लेको नदीले सबै सखाप, खाने–लगाउने के ?

कञ्चनपुुर । गएको असारको अन्तिम साता आएको बाढीले कञ्चनपुुरको दोधारा चाँदनी नगरपालिकामा किसानले लगाएको अन्नबाली नष्ट ग¥यो । बाढीले एक पलमै अन्नबाली बगायो तर, एक पलको कहरले दोधारावासीलाई वर्षभरी पुग्ने गरि पीडा दिएर गएको छ । 

जोगबुुढा नदिले तटबन्ध फुुटाएर नदीको पानी खेतबारीमा पसे पछि किसानले खेतमा लगाएको अन्नवाली नष्ट पारेसँगै दोधारावासीलाई अब वर्षभर के खाने भन्ने पीर छ । तर, सरकारले अहिलेसम्म पनि राहतको खास कुनै व्यवस्था गरेको छैन । 

गएको असार अन्तिम साता तीन÷चार दिन अविरल वर्षा भयो । ७५ वर्ष यताकै सबैभन्दा बढी वर्षाको रेकर्ड राख्यो कञ्चनपुरले । यसै वर्षासँगै उल्लियो बाढी, अनि कञ्चनपुरवासी सयौं घर परिवारको विचल्ली बन्यो । 

यसै समय कञ्चनपुर दोधारा चाँदनी नगरमा जोगबुढा नदी तटबन्ध फुटाएर खेतीबाली र बस्तीभित्र उर्लियो । उर्लेको भेलले अन्तबाली सबै सखाप पा¥यो । 

 वर्षभर पुग्ने खानाको जोहोका लागि लगाइएको अन्नबाली नष्ट भएपछि अहिले स्थानीय अब वर्षभर खाना के खाने भन्ने चिन्तामा छन् । 

गत वर्ष मात्रै दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ सुुन्दरनगर जोेगबुुडा नदिको पानी रोक्न तटबन्ध निर्माण गरेको थियो । तटबन्ध निर्माण भएपछि स्थानिय ढुुक्क थिए तर बाढीले तटबन्ध नै भत्काएपछि अहिले पनि सुुन्दरनगरका स्थानिय त्रसित छन् । 

दोधारा चाँदनी नगरपालिकामा बाढीबाट १०२ घर परिवारको पुुर्ण क्षती  र ८७७ घर परिवारको आशिंक क्षती भएको  दोधारा चाँदनी नगरपालिको तथ्याकंमा उल्लेख छ । 

दोधारा चाँदनी नगरपालिकामा राहात प्रदान गर्दा पहिलो चरणमा पुुर्ण क्षती भएका परिवारलाई प्राथिमकतामा राखेर खाद्यान्न र आर्थिक सहयोग गरी राखेको र दास्रो चरणमा आशिंक क्षती भएका घर परिवारलाई सहयोग गर्ने दोधारा चाँदनी नगरपालिकाले जनाएको छ । 

बाढीले नगरमा ठुुलो क्षती भएको हुुनाले राहातको लागि केन्द्रिय सरकार संग पनि पहल भइरहेको नगरपालिकाको भनाइ छ ।  बाढी र डुबानका कारण कञ्चनपुरमा साढे ४ हजार हेक्टरभन्दा बढीको खेतीबाली नोक्सान भएको छ । स्थानीय तहहरुले संकलन गरेको प्रारम्भिक विवरण अनुसार धान, उखु, मकै र तिल लगायतका बाली नोक्सान भएको हो । 

जिल्लाका ९ वटै स्थानीय तहमा गरी ३ हजार हेक्टर भन्दा बढीको धानखेती कटान र पटानले नोक्सान भएको कृषि शाखाले जनाएको छ दोधारा चाँदनीमा जागेबुुडा नदि र महाकाली नदिले वर्षेनी किसानको खेतबारी कटान गरी राखेको छ तर यी दुुइ नदिमा पक्की तटबन्ध नबन्दा किसानले खतेपाती गरी राखेको जमिन बगरमा परिवर्तन भएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update