
काठमाडौं । वर्षायामसँगै विभिन्न स्थानमा बाढी, पहिरो र डुवानका घटना बढ्न थालेको छ । काठमाडौं उपत्यकामा पनि मंगलबार मध्यरातमा परेको अविरल वर्षाले काठमाडौं उपत्यका केहि क्षेत्र ढुवानमा परे ।
ढुवानका कारण काठमाडौं उपत्यकाको केहि स्थानको जनजीवन प्रभावित बनाएको छ नै । साथै यस्ता स्थानमा प्राकृतिक विपत्तिसँगै देखापर्ने विभिन्न रोगका संक्रमण फैलन सक्ने जोखिमलाई समेत उतिकै बढाएको छ ।
वर्षायाममा भारी वर्षाले बाढी पहिरो र ढुवानका घटना बढ्ने गर्दछ । बाढीबाट ग्रामिण क्षेत्र मात्रै होइन शहरी क्षेत्र पनि उत्तिकै प्रभावित हुने गरेका छन् ।
काठमाडौं उपत्यकाको कुरा गर्ने हो भने वर्षाका कारण नदी खोला किनारका बस्तीमा बाढी पस्ने र डुुवानको चपेटामा पर्ने गरेका छन् । यसरी बाढी र ढुवानका कारण त्यस क्षेत्रका मानिसको जनजीवन त प्रभावित बन्छ नै ।
साथै बाढी र ढुवानका कारण खानेपानीको मुहान तथा स्रोत समेत दुषित बनाउने जोखिम उतिकै हुने गर्दछ । अझ अहिले काठमाडौ उपत्यकामा हैजा सक्रमण देखिएका कारण बाढी र ढुवानका कारण हैजा संक्रमण फैलाउँने जोखिम थप बढाएको छ ।
सरकारी तथ्यांक अनुसार अहिले काठमाडौं उपत्यकामा मात्र १३ जना तथा देशभर गरी २० जना हैजा संक्रमित भेटिएका छन् । साथै अहिले हैजा संक्रमण संगै डेंगी संक्रमण समेत बढेको भन्दै स्वास्थ्य मन्त्रालय सचेत रहन भन्दै सूचना जारी समेत जारी गरेको छ ।
यस्तो अवस्थामा बाढी र ढुवानले पार्ने क्षति मात्र नभएर संक्रामक रोगको जोखिमलाई समेत बढाएको भन्दै पानीजन्य तथा संक्रामक रोगबाट जोखिन आमनगरिक समेत सचेत तथा जाकरुक हुन आवश्यक भएको स्वास्थ्य मन्त्रालयको भनाई छ ।
प्राकृतिक विपत्तिले देखिने गरी जनधनको क्षति पुगाउँछ नै । साथै प्राकृतिक विपत्तीले निम्ताउँने विभिन्न रोगको महामारीलाई बढवा दिने काम समेत उतिकै गर्ने गर्दछ ।
यसले विशेषगरी झाडापखला, हैजा, ज्वरो, टाइफाइट जस्ता पानीजन्य रोग तथा किटजन्य रोगको संक्रमणलाई समेत बढवा दिने काम गर्दछ । त्यसैले वर्षायाममा फैलने हैजा, झाडापखला, डेंगी जस्ता रोगबाट बच्न आमनागरिकले सरसफाईमा विशेष ध्यान दिनुका साथै पिउँने पानी उमालेर मात्र सेवन गर्नु पर्ने देखिन्छ ।
साथै सम्बन्धित निकायले पनि प्राकृतिक विपत्तीबाट निम्तने महामारीजन्य रोग फैलन नदिन तथा फैलिएको अवस्था आवश्यक पर्ने स्वास्थ्य उपचार लगायतका विषयमा गम्भीरतापूर्वक तयारीमा जुड्नुपर्ने देखिन्छ ।