News 24 Television
रास्वपामाथि काँग्रेस–एमाले हमला, रविलाई थेग्नै मुस्किल

काठमाडौं । रास्ववा सभापति रवि लामिछानेमाथि सहकारी प्रकरणमा नेपाली काँग्रेसले संसद र सडकबाटै पटक पटक गम्भीर आरोप लगायो । 

गृहमन्त्री रहेका बेला काँग्रेसले रविको राजीनमा माग्दै सरकारी ठगीमा संलग्नता रहेको ठोकुवासमेत गर्ने गर्दथ्यो । उक्त समय काँग्रेस प्रतिपक्षमा थियो । यही कारण उसले रास्वपा र रविलाई नै तार्गेटमा राख्यो । 

यही प्रकरणले रवि र काँग्रेसबीच लामै दोहारी चलेको थियो । यो दोहोरी अहिलेसम्म कायमै छ । भर्खरै भएको सत्ता पविर्तनको विषमा पनि रास्वपाले काँग्रेसमाथि भ्रष्टचारी जोगाउन एमालेसँग समीकरण बनाएको आरोप लगाउँदै आएको छ । 

रविले सरकारमा रहँदा  भ्रष्टाचारका फाइल खोलेको दावी गर्दै आएका छन् । यही प्रकरणमा आफू र आफ्ना जोगाउन काँग्रेस नयाँ खेलमा लागेको रास्वपाको दावी छ । 

तर रविको यो दावीलाई नेपाली काँग्रेसले भने खण्डन गरिदिएको छ । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संसदमै उभिएर सरकार परिवर्तन र भ्रष्टाचार प्रकरणको विषयबीच अन्तरसम्बन्ध नरहेको प्रष्ट पार्न खोजे । सरकार परिवर्तनको विषयमा रास्वपा सभापति रविले रमाइलो झुट बोलेको भन्दै संसदबाटै खण्डन गरे । 

रवि गृहमन्त्री रहँदै देखि सहकारी प्रकरणमा काँग्रेस र रास्वपाको दुस्मनी बढेको थियो । जुन हालसम्मै जारी छ । तर रास्वपको दुस्मनी यतिमा मात्रै सिमित नभइ अझ अन्य दलहरुसँग पनि झाँगिदै गएको छ । पार्टी स्थापनापछिका गतिविधिहरुले रास्वपालाई एमालेप्रति झुकाव राख्ने दलको रुपमा चित्रण पनि गरिन्थ्यो । तर हाल काँग्रेससहित एमालेसँगै पनि रास्वपाको दुस्मनी बढ्दो छ । 

सरकार परिवर्तनसँगै फेरिएको राजनीतिमा एमाले र रास्वपाबीच सामान्य घोचपेच हुने गरेको थियो । तर पछिल्लो समय रास्वपा र एमालेबीच संसदमै दोहारी चल्न थालेको छ । रास्वपाले सरकार परिवर्तनको विषयलाई भ्रष्टाचारको प्रकरणसँग बारम्बार जोडेपछि एमाले रास्वपाविरुद्ध खनिन थालेको हो । 

एमाले सांसद रघुजी पन्तले २०८० फागुन तिरै रास्वपा सांसद स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिलाई कोट्याउँदै उनको अभिव्यक्ति नेपालको परराष्ट्रि नीति, स्वतन्त्रता, र सार्वभौमसत्ताको विपरित रहेको टिप्पणी गरे ।  

तर यसलाई रवि लामिछानेले भने सत्ता पक्षका दुई ठूला दल काँग्रेस र एमालेले रास्वपालाई कमजोर पार्नका विभिन्न आरोपहरु लगाइरहेको प्रतिजवाफ दिएका छन् । रविले आफूहरु जोगिनका लागि काँग्रेस एमालेले रास्वपामाथि तथ्यहीन आरोपहरु थोपरिरहेको दावी गरेका छन् । रघुजीको अभिव्यक्तिलाई लिएर रविले विषयान्तर गर्न खोजेकोपनि आरोप लागएका छन् । 

https://www.youtube.com/watch?v=V-1PLEZaBq8

साथै सभापति रविले काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई पनि संसदबाटै जवाफ दिएका छन् । फाइल खुलेपछि सरकार रातारात ढालिएको विषयमा खण्डन गरेका विश्वप्रकाशलाई रविले सरकारमा रहँदा खोलेर पनि फेरि गाडिएको भ्रष्टाचारका फाइलहरु पुनः उत्खननको प्रयास गरेको जवाफ दिए ।

यता, मंगलबारको संसद बैठकमा बोलेका रास्वपा सांसद स्वर्णिम वाग्लेले रघुजीलाई पनि जवाफ फर्काएका छन् । आफ्नो पार्टी राजनीतिमा संस्कार स्थापित गर्न आएको बताउँदै नयाँ दललाई पञ्चायत कालमा अराष्ट्रिय तत्व भन्ने जस्तो व्यवहार नगर्न आग्रह गरे । वाग्लेले आफू र आफ्नो दललाई कुनै खुफिया प्रमुखलाई मध्यरातमा भेट्न आवश्यक नभएको भन्दै व्याङग्यसमेत गरे । 

यी सवाल जवाफहरले पछिल्लो विकसित राजनीतिमा काँग्रेस–एमाले एकातिर र अर्कोतिर रास्वपा उभिएको देखिन्छ । र, उनीहरु एकअर्काविरुद्ध आगो ओकल्ने गरेका छन् । यसअघि नेपाली काँग्रेस र रास्वपाबीच मात्रै विभिन्न चरणमा आरोप–प्रत्यारोप चल्दै आएको थियो । 

तर पछिल्लो विकसित राजनीतिपछि भने रास्वपा र एमालेबीच पनि घमासान द्वन्दव चर्किरहेको छ । यसअर्थमा सुरुमा सहज परिस्थितिमा रहेको एमाले–रास्वपा सम्बन्ध नयाँ समीकरण पछि भने विकराल बन्न पुगेको छ । 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update