News 24 Television
थप प्रभावकारी बन्दै भक्तपुर क्यान्सर अस्पताल

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा प्रदान गरिने सेवा थप प्रभाबकारी बन्दै गएको छ । अस्पतालले आफ्नो सेवालाई गुणस्तरीय र व्यवस्थित गर्न थालेपछि सेवा प्रभाबकारी बन्दै गएको हो। 

अस्पतालले  सेवाग्राहीलाई छिटो र गुणस्तरीय सेवा प्रदान गर्न हरपल प्रयास अगाडि बढाएको छ। आन्तरिक कर्मचारी व्यवस्थापनदेखि सेवाग्राहीलाई सहजताका साथ सेवा दिलाउन भौतिक सरचनाको पुनः निर्माण लगायतका कामहरु भईरहेको अस्पतालका निमित कार्यकारी निर्देशक डा उज्वल चालिसेले बताउनुभयो । 

डा चालिसेका अनुसार अस्पतालमा भारत सरकारको सहयोगमा नयाँ सिटिस्क्यान मेशिन थप जडान गरिएको छ । सो मेसिन परीक्षणको रुपमा रहेको र केही दिनदेखि सेवाग्राहीले लाइन लागेर पालो पर्खिनु पर्ने झन्झटको अन्त्य हुनेछ ।

अस्पतालमा दिइने सबै शाखामा टोकन प्रणाली असार महिनादेखि व्यवस्था गरिएको छ । जस्ले सेवाग्राहीको अनावश्यक भिड्भाडको समस्या अन्त्य भएको छ। यसैगरि भावाट्रोन नयाँ रेडियो थेरापी मेसिन पनि जडान भइसकेको भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्याकारी निर्देशक डाः उज्वल चालिसेले जानकारी दिनुभयो। 

नया मेसिन जडान भए पछि बर्सौ देखि सेवाग्राहिले रेडियो थेरापी गर्न झेल्दै आएको समस्याको अन्त्य भएको छ। 

bhaktapur-1722396355.JPG
उहाँले भन्नुभयो - ‘एउटा मेसिनले बिहान देखि रातीसम्म दिन भर बिरामीलाई रेडियो थेरापी गर्दा सेवाग्राहीले दुख पाएको र मेसिन मा समेत कहिले कहि समस्या आउदा झन सेवाग्राहीलाई पीडा हुने गरेको थियो ।  अहिले नयाँ मेसिन जडान भएपछि सेवाग्राहीले दुई महिनासम्म पालो पर्खिनु पर्ने समस्या पनि अन्त्य भएको छ।’

यो अस्पतालमा शुलभ शुल्कमा समेत सेवाग्राहीले सेवा पाउने समेत उहाँले स्पस्ट पार्नुभयो। फार्मेसीमा औसधि नपाउने भन्ने जनगुनासो बढेपछि अहिले क्यान्सरका बिरामीलाई प्रदान गरिने औषधीलाई सक्दो रुपमा व्यवस्थापन गरिएको छ भने थप औषधीका लागि टेन्डर समेत भइसकेको छ।  

डा. चालिसेको प्रभाव

हालै नयाँ निर्देशकका रुपमा डा. उज्वल चालिसे  नियुक्ति भएपछि अस्पतालमा दिइने सेवा प्रवाह लगायत धेरै कुरामा परिवर्तन भएको अस्पतलामा कार्यरत कर्मचारीहरुको भनाइ छ। 

क्यान्सर विशेषज्ञसमेत रहेका डा. चालिसेले सेवालाइ प्रभावकारी र गुणस्तरीय बनाउन कर्मचारी समेतलाई प्रत्साहन गर्ने कार्यक्रम अगाडि बढाएका छ्न। 

अस्पतालको सेवा थप व्यवस्थित बनाउन कार्यरत चिकित्सकहरुलाई कार्यस्थलमै विभिन्न सेवा प्रदान गर्न थालिएको हो । निर्देशक डा. चालिसेले ल्याएको यस्तो प्रत्साहनले जिम्मेवारीमा खटिन आफूहरुलाई उर्जा मिलेको डा. उमेश खाइतुले बताउनुभयो । 

scan-1722396378.JPG
अहिले अपाङ्ग मैत्री शौचालय, ल्याब टेस्ट रुमको व्यवस्थापनजस्ता सेवाग्राहीलाई सहज हुने भौतिक संरचनाहरुको पनि उचित व्यवस्थापन भइसकेको छ । यस्तै  (histo patholojy ihc) को सुबिधाहरु समेत अस्पतालमा थप गरिएको छ।

यसैगरि कर्मचारी अभाबले केही सेवामा असर पुगिरहेकोले उक्त समस्याको पनि चाँडै समाधान गरिने डा. चालिसेको भनाइ छ। भक्तपुर क्यान्सर अस्पतालमा यसअघि आवश्यकता अनुसारका औषधी प्राप्त नहुने तथा रेडियो थेरापी गर्न पनि महिनौँसम्म पालो पर्खिनु पर्ने सेवाग्राहीले गुनासो गर्दै आएका थिए। तर डा. चालिसे निर्देशमा  आएपछि यो समस्याको हल भएको सेवाग्राहीहरुको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update