News 24 Television
दैनिक ५० रुपैयाँ रोड कर तिर्न नसक्ने भन्दै दोधारा चाँदनीका अटो व्यवसायी प्रदर्शनमा 

कञ्चनपुर । कञ्चनपुुरको दोधारा चाँदनी नगरपालिकामा रहेका अटो व्यवसायीहरु आन्दोलनमा उत्रेका छन् । मंगलबार नगरपालिकाले रोड करमा चर्को शुल्क लगाएको भन्दै अटो व्यवसायीहरु आन्दोलनमा उत्रेका हुुन । नगरपालिकाले एउटा अटोबाट दैनिक ५० रुपैयाँ रोड कर उठाउने ठेक्का खोलेको छ । 

दोधारा चाँदनी नगरपालिकाले रोड करवापत् प्रत्येक अटोबाट दैनिक ५० रुपैँया रोड कर लगाउने भनेर ठेक्का खोलेपछि अटो व्यवसायीहरु आन्दोलनमा उत्रेका हुुन । ऋण लिएर अटो सञ्चालन गरेका कारण नगरपालिकाले दैनिक ५० रुपैयाँ कर लगाएपछि आफुहरुलाई जिविकोपार्जन गर्नै समस्या पर्ने व्यवसायीको भनाइ छ । 

स्थानीय सरकारले रोड कर लगाएपनि सरकारले गर्ने सहयोग र सुुविधा केहि पनि नपाएको हुुनाले चर्को रोड कर दिनु भन्दा स्थानीय तहलाई नै अटो हस्तान्तरण गर्ने अटो व्यवसायी संघले चेतावनी दिएको छ ।  

नगरले नीति निर्माण गर्दा सम्पुुर्ण व्यवसायीबाट सुुझाव माग गरेको तर अटो व्यवसायीबाट सुुझाव नआएको र राजश्व परामर्श समितिले गत वर्ष भन्दा रोड करमा घटेर पटके कर भन्दा दैनिकी कर लगाएको दोधारा चाँदनी नगरपालिकाको भनाइ छ । यसले गर्दा अटो व्यवसायीलाई मार पर्ने भएपनि ठेक्का रद्द गर्न नसकिने र ठेकेदारसँग समन्वय गरी अटो व्यवसायीलाई सहयोग गर्ने नगरपालिकाको भनाइ छ ।  

अटो व्यवसायी यात्रुु बोक्नुु छोडे नगरपालिका कार्यालय अगाडि आएर आएर धर्ना दिएपछि दोधारा चादनीमा यात्रुुले भने सास्ती भोग्नुु परेको छ

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update