News 24 Television
क्रान्ति पराजुलीको 'प्रिय स्वप्नद्रष्टा'को चर्चा झापामा

काठमाडाैँ । उपन्यासकार क्रान्ति पराजुलीको दोस्रो उपन्यास प्रिय स्वप्नद्रष्टाको परिचर्चा कार्यक्रम झापामा सम्पन्न भएको छ । कार्यक्रममा वीरता रिडर्सका संयोजक एवं लेखक तीर्थ सिग्देलले सहजीकरण गरेका थिए भने वक्ताहरूले कृतिगत बहस/चर्चा गरेका थिए ।

प्यानल डिस्क्सनमा प्रिय स्वप्नद्रष्टाकी उपन्यासकार पराजुली, प्राज्ञ मुनाराज शेर्मा,  कथाकार भुवन सुब्बा र समिक्षक लेखनाथ भट्टराईले पुस्तकमाथि चर्चा गरेका हुन्  ।

d428cbe0-832f-4101-adae-5ba5b71ab819-1722226095.jpg
 

उपन्यासकार पराजुलीका ९३ वर्षीय हजुरबुबा डिल्लिराम पराजुलीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि अग्रज साहित्यकार पुन्य खरेल र विशेष अतिथि शिव सतासी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की रहेका थिए ।

आयोजक संस्था नेपाली लेखक संघ झापाका अध्यक्ष कुमार भट्टराईले सञ्चालन गरेको कार्यक्रममा पराजुलीको उक्त कृतिमाथि घनिभूत छलफल गरिएकाे हाे ।

 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update