काठमाडौं । कुनैबेला काठमाडौंमा १८ घण्टासम्म लोडसेडिङ हुने गर्दथ्यो । त्यो १८ घण्टासम्मको लोडसेडिङ अवधि उक्त समय सामान्य र अपेक्षित नै थियो । यसअर्थमा मुलुककै राजधानी काठमाडौं नै लोडसेडिङको पर्याय बनेको थियो । तर जब २०७३ साल असोज १ गते नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङको प्रवेश भयो ।
र, उनी नेतृत्वमा आएपछि प्राधिकरण ठूलै फड्को मार्न सफल भयो । कुलमानले नै लोडसेडिङको अन्त्य गर्ने पहल गरे । उनी नेतृत्वमा आएको दुई वर्ष पनि नवित्दै २०७५ साल बैशाख ३१ गते नेपाल नै लोडसेडिङ मुक्त देश घोषणा भयो । यो समयसम प्राधिकरणले औद्योगिक क्षेत्रमा गर्दै आएको तीनघण्टे लोडसेडिङको पनि अन्त्य गराइसकेको थियो ।
प्राधिकरणको नेतृत्वमा आउँदै गर्दा नै कुलमानले पहिलो प्राथमिकता लोडसेडिङ अन्त्य गर्ने उद्घोष गरेका थिए । सुरुका दिनमा उनले देशभरी नै लोडसेडिङ अन्त्य गर्न सकिन्छ भन्ने नसोचेपनि यसका लागि सुरुवात गर्न भने योजना बनाए । तर उनले विभिन्न स्टेपमा चालेको कदमले दुई वर्ष नवित्दै काठमाडौंसहित मुलुकलाई नै लोडसेडिङ रहित बनाए ।
कुलमान नेतृत्वमा आएपछिको तिहार पनि लोडसेडिङमुक्त भयो । जबकी त्यसअघिका लक्ष्मी पूजा काठमाडौंबासीले अध्यारोमै नाउने गर्दथे । उक्त समय उर्जामन्त्रालयको जिम्मेवारीमा जनार्दन शर्म थिए । जनार्दनले नै लोडसेडिङ मुक्त नेपाल बनाउन राजनीतिक नेतृत्व गरेका थिए । तत्कालीन उर्जामन्त्री शर्माले कुलमानलाई पनि दह्रो साथ दिएका हुन् ।
प्राविधिक, प्रशासनिक र नीतिगत रुपमै सुधार गरेर अघि बढेका कुलमानले विद्युतीय क्षेत्रमा राम्रो काम गरे । उनको भूमिकाप्रीत धेरैसोले प्रशसा गर्ने गरेका छन् । पहिलो कार्यकालमा रहँदै उनी लोडसेडिङ अन्त्य मात्रै होइन, २० वर्षसम्म नै यो समस्या नदोहोरिनेगरी काम गरिरहेको बताउँथे । कुलमानको पहिलो कार्यकाल सफल र सुखदमै वित्यो । प्राधिकरणको नेतृत्वमा अब्बल सावित भएका कुलमानलाई २०७८ मा सरकारले दोस्रो कार्यकालका लागि कार्यकारी निर्देशका नियुक्त गर्यो । त्यसयता पनि उनले राम्रै काम गर्दै आएका छन् । तर सरकारले नै उनलाई विभिन्न स्वार्थपूण दवाव दिएर विवादमा ल्याउन खोजिएको बताइन्छ ।
बदलिँदो सत्ता समीकरणसँगै अहिले कुलमानलाई आफ्ठ्यारो आइलागेको छ । प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले ‘डेडिकेटेड लाइन र ट्रंकलाइन’ प्रयोगबापतको बक्यौता नतिर्ने उद्योगीको लाइन कटौती गर्ने निर्णय गरेको थियो । तर हाल केपी ओली नेतृत्वको सरकारले भने अघिल्लो निर्णयलाई उल्टाउँदै विद्युत जडान गर्न दवाव दिइरहेको छ । प्रधानमन्त्री बनेलगत्तै ओलीले उर्जामन्त्री दीपक खड्का, उद्योगीहरुसहित कुलमानलाई वालुवाटार बोलाएर विद्युत जोडिदिन निर्देशन दिएका थिए । तरपनि सुरुमा कुलमानले निर्देशन अटेर गरे । यद्यपि प्रधानमन्त्री ओलीले विद्युत जोड्न निरन्तर कुलमानमाथि दवाब बढाए ।
बारम्बार चर्को दवाबपछि कुलमानले काटिएका उद्योगहरुमा विद्युत जडान गरिदिए । जबकी उनीहरुले प्राधिकरणलाई अरबौँ रकम तिर्न बाकी नै छ । उता उद्योगीहरुले भने प्रयोग नै नगरेको विद्युतको विल पठाइएको भन्दै प्राधिकरणमाथि अनुचित रकममा ताकेता गरिरहेका आरोप लगाइरहेका छन् । यद्यपि कुलमानले भने उक्त आरोपलाई खण्डन गर्दै कुनै पनि हालतमा विल उठाइछाड्ने अठोट लिएका छन् ।
सुरुमा कुलमानले केपीको निर्देशन मानेका थिएनन् । यद्यपि उनलाई प्रधानमन्त्री तथा उर्जामन्त्रीबाटै ठेगिनसक्नुको दवाव आयो । सरकारको यो कदमप्रति जनस्तरबाटै पनि विरोध भए । तर सत्ताले कुलमानलाई गलाई छाड्यो । अहिले उर्जा मन्त्रीले नै निर्देशन अटेर गरेको भन्दै रिस पोखिरहेका छन् ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित रुपमा निर्देशन दिए अनर्थ लाग्ने भएकाले कुलमानलाई मौखिक निर्देशन दिएको टिप्पणी पनि भएको थियो । यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमानमाथि कमिसनको डिल गरेको आरोप लागाउने गरेका छन् ।
त्यस्तै ओलीमाथि भने आमसर्वसधारणले नै उद्योगीको प्रभावमा परेर यस्तो निर्णय गराइरहेको टिप्पणी गरिरेको अवस्था छ । तर पनि प्रधानमन्त्री र उर्जामन्त्रीको चरम दवावपछि कुलमान निहुरिन बाध्य भइसकेका छन् । विद्युत प्राधिकरणको नेतृत्वमा रहेर उत्कृष्ट काम गरेका कुलमानको हालसम्मका निर्णयहरु नाजायज भने देखिएका छैनन्। घण्टौँसम्म हुने लोडसेडिङ चिर्न सफल कुलमान निरन्तरको पेलनका कारण अहिले राजीनामा दिने मुडमा रहेको पनि बताइन्छ । तर यो विषयमा उनले तत्काल कस्तो निर्णय गर्छन, त्यो भने हेर्न बाँकी छ ।