News 24 Television
बालबालिका र गर्भवतीको विजोग

ओेखलढुङ्गा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका क्षेत्रमा खोप केन्द्रका लागि उपयुक्त भवन नहुँदा समस्या हुँदै आएको छ ।

नगरपालिकाका सबै वडाका विभिन्न क्षेत्रमा खोप केन्द्र तोकिएको छ । तर, प्रत्येक महिना बालबालिकालाई लगाईने खोप केन्द्र तोकिए पनि आफ्नै भवन नहुँदा अधिकांश केन्द्रमा खुल्ला आकाशमुनी खोप लगाउनु पर्ने बाध्यता छ । 

ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नम्बर ११ स्थित रमाइलोडाँडामा खोप केन्द्र तोकिएको छ । बालबालिकाहरुलाई लगाइने नियमित खोप बिसिजि, डिपिटी तथा पेन्टाभ्यालेन्ट तथा गर्भवती महिलालाई टिडी खोप प्रत्येक महिना लगाउनु पर्ने हुन्छ । तर, खोप केन्द्रको आफ्नै निश्चित भवन नहुँदा यातायातको टिकट काउन्टरमा केही समयलाई अनुरोध गरेर स्वास्थ्यकर्मीले खोप राख्छन् र बालबालिका र गर्भवतीलाई यहीबाट सेवा दिन्छन् । 

सिद्धिचरण नगरपालिकामा यसरी खुल्ला आकाशमुनि १५ खोप केन्द्र चलिरहेका छन । कति महिलास्वास्थ्य स्वयंसेविकाहरुले घरका आँगन तथा दलान, कति चौतारा र कतै सडकमै खोप लाउनु पर्ने बाध्यता छ । खोप लगाउँदा र लगाएपछि कतिपय बच्चाहरु बेहोस हुन सक्ने, साइड इफेन्ट देखिने भएकाले प्रतिक्षालय र आराम कक्ष अनिवार्य आवश्यक  पर्छ । तर खोप केन्द्र अभावकै कारण यहाँ महिनैपिच्छे स्वास्थ्यकर्मी र सेवाग्राहीले विभिन्न खाले समस्या सामना गर्दै आएका छन । 
सिद्धिचरण नगरका वडा र खोप केन्द्रको वर्तमान अवस्था

– सिद्धिचरण नगरपालिकाको १२ वटा वडामा ३७ खोप केन्द्र तोकिएको 
 – तीमध्ये १२ वटा स्वास्थ्य चौकी 
 – अन्यत्र १० वटा निर्माण 
– अझै १५ वटा खोप केन्द्र अत्यावश्यक 

तर यसतर्फ नगरपालिकाले खोप केन्द्रका लागि विगत ३ वर्षदेखि कुनै बजेट तथा कार्यक्रम नै ल्याएको छैन । 

स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा नगरपालिकाले चासो नदिँदा सर्वसाधरण नागरिकले दुख पाईरहेका छन् । खोप केन्द्र अभावकै कारण खुल्ला आकाशमुनी खोप सञ्चालन गर्नुपर्दा अझ ठुलो समस्या नआउला भन्न सकिन्न । त्यसकारण समस्या समाधानका लागि स्थानीय निकायको विशेष ध्यान जान जरुरी छ । 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update