News 24 Television
शव चिन्नै नसकिए गरिने 'एन्टिमोटम डाटा' विधि के हो ? 

काठमाडौं । बुधवार सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचानका लागि पोस्टमार्टम गरिने भएको छ । दुर्घटनाग्रस्त बिमानमा सवारको शव आगोले डडेर पहिचानमा आउँन नसकेको कारण पहिचान खुलाउन पोष्टमार्टम गरिन लागिएको हो । 

मृत्युको कारण पत्ता लगाउत तथा शव पहिचान गर्न समेत प्रयोग गरिने पोष्टमार्टम के हो ? र यो कसरी गरिन्छ  ? सामान्यतया मृत्युको कारण पत्ता लगाउन शवको पोस्टमार्टम गर्ने गरिन्छ । जसका लागि शवको बाहिरी र भित्री परीक्षण हुनेगर्दछ । 

यसका साथै कुनै पनि घटनामा धेरै जानाको मृत्यु भएको छ र शव पहिचानमा कठिनाइ भएको अवस्थामा समेत पोस्टमार्टम गर्ने गरिन्छ । जसका कारण बुधवार सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका १८ जनाको शव पहिचानका लागि शिक्षण अस्पतालमा लगिएको छ । 

जसमा २ वटा शव पहिचन गरिएको छ । साथै बाँकी शव पहिचानका लागि एन्टिमोटम र आइडेन्टिफिकेसन विधिबाट शवको पहिचान कार्य बुधवार बेलुकीबाट नै सुरु भएसकेको छ । 

शवको पहिचान खुलाउन गरिने एन्टिमोटम डाटा विधि के हो ? 

    - शव पहिचानका लािग प्रयोगका लािग प्रयोग हुने एन्टिमोटम विधिमा शवको मृत्यु हुनु अघिको अवस्थाका आधारमा छुट्याइने एक प्रक्रिया हो । 

    - यसमा शरीरमा कुनै दाग, कोठी, शल्यक्रिया गरिएको भाग दातको बनावट शरीरमा हुने निशानका आधारमा पहिचान गर्ने एक विधि हो । 

आत्महत्या वा अन्य घटनामा मृत्युको कारण पत्ता लगाउन मात्रै पोस्टमार्टम् गरिन्छ । तर, विमान दुर्घटना आगलागी लगायतका विपदमा शव पहिचानको लागि मात्रै पोस्टमार्टम गरिन्छ । 

यस्तो अवस्थामा आफन्तले दिएको विवरण र क्लिनिकल तथ्यको आधारमा एक अर्कोको विवरणलाई मिलाएर पहिचान गर्ने गरिन्छ । 

यो प्रक्रियामा सबभन्दा पहिले मृतकको उचाइ, तौल, शरीरमा भएको दाग वा ट्याटुका आधारमा शव पहिचान गरिन्छ । तर यसरी पत्ता नलागेमा मृतकको पहिचान खुलाउन तीन आधारलाई लिएर शवको पहिचानका गर्ने गरिन्छ । 

जसमा फिङ्गरप्रिन्ट, डेन्टल एक्जामिनेसन र डीएनए परीक्षणबाट शवको पहिचान गर्ने गरिन्छ । तर डीएनए विधि शव पहिचान गर्न प्रयोग हुने अन्तिम विधि हो । 

जसमा एन्टिमोटम डाटा जस्तो दाँतको बनावट, शरीरभित्र स्टिल हालेको अवस्थामा वा फिंगर प्रिन्टको भरमा पहिचान नभएको अवस्थमा मात्र शव पहिचानका लागि डीएनए विधि प्रयोग हुने गर्दछ । तर यो विधि अन्य विधि भन्दा समय बढि लाग्ने तथा यो विधि प्रयोगका लागि लाग्ने खर्च समेत महंगो हुने चिकित्सक बताउँछन् । 

त्यसैले शव पहिचानका लागि प्रयोग हुने अन्य विधिबाट शव पहिचान नभएको अवस्थामा मात्र डीएनए विधि प्रयोग हुने गर्दछ । गत बुधवार सौर्य एयरलाइन्सको बिमान दुर्घटनामा परि मृत्यु भएका मध्ये दुई जनाको शवको पहिचान बुधवार बेलुका नै भएको थियो । साथै पोष्टमार्टमबाट शव पहिचान गर्नुपर्ने १६ जना मध्ये विहिवार बेलुकीसम्म १२ वटा शवको पोष्टमार्टमबाट पहिचान खुलिसकेको त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागले जनाएको छ । 

साथै केहि शव आगोले डेडेरका कारण पहिचानका खुल्न नसक्ने भए पछि डिएनए विधिमा जाने तयारी गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update