News 24 Television
कसले बुन्दैछ माधव नेपालविरुद्ध षड्यन्त्र ?

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीबिरुद्ध षड्यन्त्र शुरु भएको बताएका छन् । 

बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको केन्द्रिय कमिटीको बैठकमा बोल्दै उनले पार्टीबिरुद्ध विभिन्न षड्यन्त्रका तानाबानाहरु बुनिँदैछन् भन्ने कुरा पनि सुन्नमा आएको बताए  । उनले सो बारेमा यकिन नभइसके पनि पार्टीविरुद्ध षड्यन्त्र शुरु भएको बताए । उनले षड्यन्त्रका विरुद्धमा गहन विश्लेषण गरेर जानकारी हाँसिल गर्नुपर्ने बताए । उहाँले पार्टीले पूर्ण शतर्कता अपनाउनुपर्ने उनकाे भनाइ छ ।

‘हाम्रा बिरुद्धमा अनेकौँ किसिमका षड्यन्त्रका तानाबानाहरु बुनिँदैछन् भन्नेकुरा पनि सुन्नमा आइरहेको छ । कति सत्य हो, कति असत्य हो ? थाहा छैन । तर कति सत्य हुन्, कति असत्य हुन् भनेर पनि हुँदो रहेनछ,'  उनले भने, 'लेखेर पनि हुँदा रहेनछ । बोलेर हुँदो रहेनछ । त्यसको थोरै एनालिसिस गर्नुपर्ने रहेछ । त्यसको बारेमा हामीले जानकारी हाँसिल गर्नुपर्छ । त्यस आधारमा आफ्नो तर्फबाट पूर्ण शतर्कता अपनाउनुपर्छ । यसअर्थमा विभिन्न राजनीतिक दलहरुसँग, राजनीतिक शक्तिहरुसँग हामीले संवाद जारी राख्नुपर्छ ।’

 अध्यक्ष नेपालले षड्यन्त्र कताबाट कसले गरिरहेकाे छ भन्ने चाहिँ खुलाउन मानेनन् । उनले विभिन्न राजनीतिक दलहरु र राजनीतिक शक्तिहरुसँग संवाद जारी राख्नुपर्ने पनि बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update