News 24 Television
‘बुद्धका मौलिक दर्शन’ नामक पुस्तक विमोचन

काठमाडौं । डाक्टर अजयक्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तक विमोचन गरिएको छ । बौद्ध दर्शनमा विद्यावारिधि गरेका डाक्टर शाक्यद्वारा लिखित उक्त पुस्तक बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विमोचन गरिएको हो । 

विमोचनसँगै कार्यक्रममा भिक्षु एवं अनगारिका गुरुमाँहरुमा संघदान गरिएको थियो । उक्त पुस्तकमा बौद्ध धर्म–दर्शन अनुसार जीवन भनेको के–हो ?  हामी किन जन्मिन्छौं ?  किन मर्छौँ ?  मानिस भनेको के–हो ? यो भवचक्र किन चलिरहेको छ ? यी सबै प्राणीहरु भनेका के हुन ? यो ब्रम्हाण्ड भनेको के–हो ? स्वर्ग नर्क आदि लोक भनेको के–हो ? पूर्व जन्म भनेको के हो ? कर्म भनेको के हो ? अनित्य, दुःख र अनात्म भनेका के–हुन् ? कर्म विपाक हुन्छ कि हुँदैन ? लोभ, मोह, तृष्णा आदि भनेका के हुन् ? चित्त चेतना भनेका के हुन ? जस्ता प्रश्नहरुको जवाफ दिने प्रयास गरिएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले बुद्ध धर्म अन्धविश्वास नभइ वैज्ञानिक तथ्यमा आधारित दर्शन रहेको बताएका थिए । 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update