News 24 Television
२०२३ मा जापानको जनसङ्ख्यामा सबैभन्दा ठूलो गिरावट

काठमाडाैँ । जापानी नागरिकको जनसंख्या २०२३ मा ८ लाख ६१ हजार (०.७० प्रतिशत) गिरावट भएको छ । एक वर्ष अघिको तुलनामा १२ करोड १५ लाख ६१ हजार ८०१ मा झरेको हो । १९६८ मा सर्वेक्षण शुरु भएदेखि सबैभन्दा ठूलो गिरावट भएको छ ।

जनवरी १, २०२४ सम्म आन्तरिक मामिला र सञ्चार मन्त्रालयद्वारा गरिएको जनसांख्यिकी सर्वेक्षण अनुसार, विदेशी बासिन्दाहरू सहित जापानको जनसंख्या १२ करोड ४८ लाख ८५ हजार १७५ थियो । जुन लगभग ५ लँख ३२ हजार कम थियो ।

अप्रिल २०२३ मा देशको कोभिड–१९–सम्बन्धित सीमा नियन्त्रण उपायहरूको अन्त्यले अन्तर्राष्ट्रिय विद्यार्थीहरू र प्राविधिक इन्टर्नहरूलाई फर्काउन सहज भएकोले वर्षमा देशमा विदेशी जनसंख्या ३ लाख २९ हजार ५३५ वा ११.०१ प्रतिशतले बढेर ३३ लाख २३ हजार ३७४ पुगेको छ । देशका सबै ४७ प्रिफेक्चरहरूमा विदेशी बासिन्दाहरू बढेको छ ।

पहिलो पटक ३० लाख नाघेको छ भने राजधानीमा मानिसहरूको उच्च आवतजावतका कारण टोकियोमा मात्रै जापानी जनसंख्यामा ३ हजार ९३३ ले वृद्धि भएको छ । टोकियो, चिबा र ओकिनावाका तीन प्रिफेक्चरहरूमा विदेशी बासिन्दाहरू सहितको कुल जनसंख्या वर्ष–दर–वर्ष बढेको छ । अन्य ४४ प्रान्तहरूमा यो घटेको छ ।  

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update