News 24 Television
परवल खेतीमा ट्रेलिष्ट प्रविधि, किसान उत्साहित

काठमाडौं । अहिले किसानको आवश्यकता र सम्भाव्यताको मध्यनजर गर्दै कृषि ज्ञान केन्द्र कञ्चनपुुरले किसानलाई परवल खेतीतर्फ आर्कषित गर्न दोधारा चाँदनीमा टे«लिस्ट (खाक्रा) प्रविधि ल्याएको छ । यो प्रविधिले उत्पादित तरकारी नोक्सान कम गर्ने भएकाले किसान उत्साहित छन् ।

पहिले परवल खेती गर्ने बेला बाढी र पानीले खेती नै बगाएर लग्ने र थोरै पानी जम्मा भएपनि परवल खेती कुुहिने गर्दथ्यो तर अहिले यो प्रविधिका कारण पानीले नोक्सान गर्न नसक्ने भएकाले परवल खेतीतर्फ किसानको आकर्षण बढेको हो । 

परवल खेती गर्न बढी मल नलाग्ने र  कम लगानीमा राम्रो आम्दानी हुुने भएकोले आफुहरु यो खेतीतर्फ आर्कषित भएको किसानको भनाइ छ । कृषि ज्ञान कञ्चनपुुरको सत प्रतिशत लगानीमा  परम्परा गत र आधुुनिक तरिकाबाट परवल खेती कसरी गर्ने भनि उत्पादन प्रदर्शन गरेको र जुुन विधि राम्रो हुुन्छ त्यहि विधिबाट परवल खेती गर्न किसानलाई सल्लाह दिने कृषि ज्ञान केन्द्र  कञ्चनपुुरले जनाएको छ ।  

दोधारा चाँदनीमा असार अन्तिम साता आएको बाढीले परम्परागत परवल खेती बगाएर ठूलो नोक्सानी पर्याएको थियो । टे«लिस्ट (खाक्रा) प्रविधिको प्रयोग गरिएपछि डुबानबाट जोगिने भएकाले उत्पादन राम्रो भएको छ । वर्षेनि लोप हुुदै गइरहेको कृषि क्षेत्रलाई रोक्न सरकारले कृषिमा आधुुनिकिकरण र बजारीकरणमा ध्यान दिन जरुरी छ । 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  ०७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update