News 24 Television
रविको नियति : पहिले टक्कर, अहिले ठक्कर, ओली–देउवा नै चुनौति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुराना दलहरुको व्यवहार र शासनपद्धतिको विरोध गर्दै राजनीतिमा थिति बसाल्ने हेतुले स्थापना भएको दावी गरिन्छ । पुराना दल तथा नेताहरुको नियतमाथि नै खरो प्रश्न गर्दै स्थापित दल रास्वपाले पहिलो पटकको निर्वाचनमै राम्रो समर्थन पायो । नेताहरुको अराजनीतिक हर्कत र सत्तामुखी खेलकै कारण मुलुक दुरगतिमा गाँजिएको निश्कर्ष छ, रास्वपाको छ ।

यसैलाई मुल एजेन्डा बनाएको रास्वपाले पहिलो प्रयासमै प्रतिनिधिसभा २१ सांसदलाई उभ्याउन सफल भयो । रास्वपा संदको चौँथो ठूलो दलसमेत बन्यो । पहिलो झोकमै यस्तो नतिजा प्राप्त गर्नु रास्वपा र सभापति रवि लामिछानेका लागि सुखद पक्ष हो । रविको सुखद पक्ष यतिमा मात्रै सिमित छैन ।

उनी छोटो समयमा दुई दुई पटक उपप्रधान तथा गृहमन्त्री समेत बन्न सफल भए । संसदीय राजनीतिमा उनको यो सफलतालाई कम आँक्न सकिन्न । रविका लागि अर्को पनि सुखद पक्ष छ, पहिलो पटक  संसद पद गुमाएका उनले उपनिर्वाचनमा चितवन क्षेत्र – २ बाटै सर्वाधिक मत प्राप्त गरे । 

उपनिर्वाचनमा ५४ हजार भन्दा बढी मत पाउँदा उनी सर्वाधिक मत प्राप्त गर्ने सांसदको रुपमा रेकर्ड बनाए । तर यतिका सर्वाधिक सफल रवि र उनको दल निर्विवाद भने रहन सकेको छैन । ‘टेस्टेड’ नेताहरुलाई संसदबाट बाहिरै राख्नुपर्ने द्येयका साथ ‘नो नट अगेन’को अभियानसमेत चलाएका उनी पहिलो पटक नागरिकता प्रकरणमा दोषी ठहरिए । तरपनि आफूलाई अझ सशक्त बनाएका उनी फेरि संसद छिरेपछि गृहमन्त्रीकै रुपमा सरकारमा सामेल हुन पुगे । तर सरकारमा सामेल भएकै दिनदेखि उनलाई सहकारी प्रकरणले झेल्यो । 

यहाँसम्मकी संसदमा काँग्रेसका नेताहरुले उनलाई ठगीको प्रमाण प्रशस्त रहेको भन्दै गम्भीर आरोप लागए । महिनौँसम्म लगातार आरोप लगाइएपछि उनी प्रतिद्वन्द्वीलाई खुला चुनौति नै दिन बाध्य भए । 

पुराना दललाई टक्कर दिँदै राजनीतिमा आएका सभापति रविमाथि सरकारमा रहँदा सहकारीबाट बच्न उनै प्रचण्ड र ओलीसँगै काँध जोडेको पनि आरोप लाग्यो । आफूलाई चोख्याउन  महान्यायाधिवक्ता र प्रहरी प्रशासनकै दुरुपयोग गरेकोसमेत रविले आरोप खेपे । तर हाल यो विषयमाथि संसदीय छानविन समितिले अनुसन्धान गरिरहेको छ । 

यी गम्भीर आरोपकाबीच रास्वपा अहिले प्रतिपक्षी कित्तामा पुगिसकेको छ । तरपनि रास्वपा ढुक्क हुने अवस्थामा छैन । पूर्वमहामन्त्री मुकुल ढकालले पार्टीभित्र विद्रोह गर्दा रास्वपा चर्चाको केन्द्रमा थियो । यसको केही समयपछि नै रास्वपाबाट उपसभामुखको भूमिकामा पठाइएकी इन्दिरा रानामाथि अमेरिकामा मानव तस्कर गरेको गम्भीर आरोप लागिरहेको छ । आफूसँगै अमेरिका लान केही व्यक्तिको नामै उल्लेख गरेर दूतावासमा पत्र लेखेको भन्दै संसदमै उनीविरुद्ध हंगामा मच्चिएको हो ।   

यस विषयमा उपसभामुख इन्दीराले भने मानवीय सम्वेदनाको हिसाबले मात्रै आफूले ती व्यक्तिहरुलाई सहयोग गरेको दावी गरेकी छन् । यद्यपि अमेरिकी दूतावासले उपसभामुखले लेखेको पत्रलाई भने सम्बोधन गरिदिएको छैन । यो विषय एकवर्ष भन्दा अघिकै भएपनि अहिले प्रतिपक्षले गम्भीरताका साथ उठइरहेको छ । यो विषयप्रति रास्वपा पनि खरो रुपमा प्रतिवादमा उत्रिरहेको छ ।

आरोप लागेकै छेको पारेर पार्टीबाट कारवाहीमा परेका मुकुल ढकालले पनि उपसभामुख इन्दीराले अमेरिकाको भिषा माग गर्दै पत्रमा उल्लेख भएका व्यक्तिहरुबाट ९ लाख रुपैयाँ लिएको प्रमाण भएको जिकिर गरे । तर लिइएको उक्त रकमहरु फिर्ता भएकाले पीडितहरु मौन रहेको मुकुलको दावी छ । व्यापक ओलाचनासँगै पदबाट राजीनामा दिनुपर्ने माग आएपछि सभापति रवि लामिछानेले पनि संसदबाटै असन्तुष्टि जनाइरहेका छन् । 

यसरी पुराना दलहरुको प्रवित्तिमाथि प्रश्न उठाउँदै राजीतिमा होमिएका रवि अहिले आफू र आफ्नै दलका नेताहरुलाई जोगाउन लागि पर्नु परेको छ ।

अहिलेसम्म सहकारी प्रकरणमा रविको खास दोष नदेखिएपनि थप अनुसन्धानले के भन्छ ? त्यो हेर्न बाँकी छ । तर विभिन्न प्रकरणले घेरिँदा आफू र आफ्नालाई जोगाउन रविलाई भने धाँै–धौँ परिरहेको हो । सुरुका दिनमा पुराना दलहरुलाई टक्कर दिएका उनी अहिले आँफै ठक्कर खाइरहेका छन् । तर यदी यी सबै प्रकरणमा सभापति रविसहित रास्वपा संम्बद्ध नेताहरुमाथि बदलाभावले मात्रै विवादमा ल्याइएको हो भने, त्यो खेदजनक देखिन्छ । 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  ०६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update