News 24 Television
लायन्स डिस्ट्रिक्ट ३२५ ‘ई’ नेपालको पहिलो बैठक बस्यो

काठमाडौं । लायन्स डिस्ट्रिक्ट ३२५ ‘ई’ नेपालको पहिलो क्याबिनेट अफिसर इन्टलेसन एण्ड फस्ट क्याबिनेट बैठक सम्पन्न भएको छ। 

काठमाडौंको चुच्चेपाटीस्थित होटल हायातमा इन्टरनेशनल प्रेसिडेन्ट फ्याब्रीसियो एलिभेराको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

लायन्सको १०८ वर्षे इतिहासमै पहिलो पटक इन्टरनेशनल प्रेसिडेन्ट एलिभेराको उपस्थितिमा कार्यक्रम भएको थियो । कार्यक्रममा क्याबिनेट अफिसरलाई इन्टरनेशनल पिन र प्रमाणपत्र समेत वितरण गरिएको थियो । 

बैठकमा १५ वटा डिस्ट्रिक्ट गर्भनरसहित झन्डै ७ सय भन्दा बढी लायन लिडरको उपस्थिति थियो । वार्षिक चार वटा रेगुलर क्याबिनेट बैठक हुने गर्दछ । 

साथै उक्त भव्य कार्यक्रममा इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटी, पास्ट इन्टरनेशनल डाइरेक्टर संजय खेतान लगायतको उपस्थिति थियो ।

कार्यक्रममा अध्यक्ष डिस्ट्रिक्ट गभर्नर रामशरण बस्नेतले विश्वमा नै यो वर्ष एक सातामा सबैभन्दा बढी कार्यक्रम र गतिविधि गर्न सफल हुँदै माई लायन पोर्टलमा रिपोर्टिङ गरेर डिस्ट्रिक्ट ३२५ ई पहिलो भएकोमा खुसी व्यक्त गरेका छन् । 

एलिभेराको उपस्थिति रहेको कार्यक्रमलाई १७ वटा क्लबहरूले संयुक्त रूपमा आयोजना गरेका थिए ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update