News 24 Television
भर्जिनियामा दसैं तिहार फेस्टिभल हुँदै

काठमाडाैँ । नेपालीहरुको महान चाड दसैं  तिहारलाई लक्षित गरेर दसैं तिहार फेस्टिभल २०२४ (DT FeSt 2024) हुने भएको छ ।

थ्री ई इन्टरट्रेन्मेट (3E Entertainment) को आयोजनामा ५ अक्टोबरमा भर्जिनियामा हुन लागेको हो फेस्टिभलमा नेपाली कला, संस्कृति, संगीत, नेपाली खानपान र हस्तकलाको संरक्षण प्रवर्धन गरिने आयोजकले बताएको छ ।  

DT Fest 2023 को सफलतापछि तेस्रो संस्कण DTFest 2024 हुन लागेको हो। यस कार्यक्रममा नेपाली कला संस्कृतिको प्रदर्शनका साथै नेपालका चर्चित कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । साथै नेपाली परिकार, नेपाली हस्तकला र सम्पदाको प्रदर्शन पनि रहने आयोजकले बताएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update