News 24 Television
एमाले भर्सेस एमाले :  गिरी बाइपास, आचार्य मुख्यमन्त्री  

काठमाडौँ । लुम्बिनीमा एमाले संसदीय दलका उपनेता चेत नारायण आचार्य मुख्यमन्त्रीमा नियक्ती भएका छन् । प्रदेश प्रमुख अमिक शेचनाले आज आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । एमाले उपाध्यक्ष विष्णु पौडेल निकत दलका नेता लिला गिरीलाई पन्छाउँदै  र महासचिव शंकर पोखरेल निकट उपनेता आचार्य मुख्यमन्त्री मुख्यमन्त्री बनेका हुन । लुम्बिनीमा मुख्यमन्त्री बनाउने विषयमा एमालेका उपाध्यक्ष तथा अर्थमन्त्री पौडेल र महासचिव पोखरेल विचको शक्ति संघर्षको रुपमा लिईएको छ । 

राजनीतिमा जे पनि जतिबेला पनि हुनसक्छ भन्ने राम्रो उदाहरण लुम्बिनी प्रदेशमा सोमवार देखियो । बिहान सम्म नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरी लुम्बिनी प्रदेशका नयाँ मुख्यमन्त्री बन्ने पक्का पक्कै जस्तै थियो तर  एक्कासी दिउसो भने एमाले  केन्द्रको निर्देशनपछि आचार्य चेतनारायण मुख्यमन्त्री बन्ने निश्चित भएर दिउसो प्रदेस प्रमुख समक्ष दावी पेश गर्न पुगेका हुन् । दाबी पेस गरे संघै प्रदेश प्रमुख अमिक शेरचनले  एमाले संसदीय दलका उपनेता समेत रहेका आर्चायलाई संविधान १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा  नियुक्त गरे । प्रमुख शेरचनले मुख्य मन्त्रीमन्त्री नियुक्ति भए सँगै प्रदेश बसिको हक हितमा काम गर्न आग्रह गरे ।

दाबी पेश गरेपछि सञ्चारकर्मीहरुसँग बोल्दै नेता चेतनारायण आचार्यले १२ सदस्य मन्त्री मण्डल गठन हुने र त्यसले प्रदेशको हक हितका लागि कामगर्ने बताए । उनले बाहिर बजारमा आए जस्तो मलाई नियुक्ति दिँदा एमाले भित्र केही असन्तुष्टी नभएको बताउँदै आफूले काम गर्न सक्ने देखेर नै नेताले आफूलाई मुख्य मन्त्री बनाएको बताए ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका  संसदीय दलका नेता डील्ली बहादुर चौधरीले पनि अब पहिले जस्तो प्रदेशमा खिचातानी नहुने बताए । उनले स्थिर सरकारका लागि नैं दुई ठूला दल मिलेर सरकार गठन गरेको बताए ।

नव नियुक्त मुख्य मन्त्री चेतनारायण आचार्यको सपथ ग्रहण बुधबार हुनेछ । उनलाई  नेकपा एमालेका २९ जना र कांग्रेसका २७ जना सांसदको समर्थन छ । लुम्बिनी प्रदेश संसदीय दलको नेता गिरी एमाले उपाध्यक्ष विष्णु पौडेल पक्षका मानिन्छन् भने आचार्य पार्टी महासचिव शंकर पोखरेल पक्षका मानिन्छन् । 

सोमवार एक्कासी आचार्यलाई मुख्यमन्त्री बनाउने भनी पार्टी केन्द्रको निर्देशनले गिरी समूह रुष्ट छन् । उनले विधि विधानलाई उलंघन गर्ने काम केन्द्रबाट नै भएको भन्दै असन्तुष्टि जनाएका छन् । पार्टीको सिफारिस अनुसार आचार्य मुख्यमन्त्री नियुक्त भई सरकारको सञ्चालन गरे पनि पार्टीभित्र गुटबन्दी झनै चर्किने संकेत देखिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update