News 24 Television
हेप्ने ! भन्दै सुमनाले टेबल ठोकिन्, सँगै जुर्मुराए माधव ! 

काठमाडौं । उपसभामुख इन्दिरा रानाविरुद्धको विवादले संसदमा नै खैलाबैला मच्चाएको छ । रानाले पदीय मर्यादाविपरित काम गरेको भन्दै सत्ता पक्षका सांसदले मार्गप्रशस्त गर्न अपिल गरेका छन् भने प्रतिपक्षले प्रतिवाद गरेको छ । 

संसदीय सम्बन्धमै नरहेका व्यक्तिलाई अमेरिकाको भिसा अन्तरवार्ताका लागि पत्र लेखेको विषय सार्वजनिक भएपछि सतहमा आएको यो विवादले आगामी दिनमा कस्तो रुप लिनसक्ला त ? 

उपसभामुख इन्दिरा रानाले संसदीय मामलासँग असम्बन्धित पाँच व्यक्तिलाई भिसा अन्तरवार्ताका लागि सहजीकरण गर्न भन्दै अमेरिकी दूतावासलाई लेखेको पत्र मानव तस्करीको आरोपमा मुछिन पुगेको छ । 

संसदीय मामलाभन्दा बाहिरका व्यक्ति र उनको सचिवालयमा समेत नरहेका व्यक्तिलाई यसरी सिफारिस गर्दै उपसभामुखको लेटरहेडको दुरुपयोग गरेपछि संसदमा स्वभाविक प्रश्न उठेको छ । यसमा नेपाली कांग्रेसले छानविनको माग गर्दै उपसभामुखमाथि मानव तस्करीको गम्भीर आरोप समेत लगाएको छ । 

कांग्रेसले जस्तै नेकपा एमालेले पनि उपसभामुखले देखाएको व्यवहारपछि यस्तो उपसभामुख नचाहेको बताएको छ । 

कांग्रेस–एमालेले यस्तो आरोप लगाउदै गर्दा माओवादी केन्द्र र रास्वपाले प्रतिवाद गरेका छन् । 

माओवादी केन्द्रले संवैधानिक परिषद्मा अल्पमतमा पर्ने भएपछि यस्तो बखेडा झिकिएको त होइन भन्दै शंका व्यक्त गरेको छ भने रास्वपाले महिलामाथि दमन गर्न खोजेको दाबी गरेको छ । 

उपसभामुख रानाविरुद्ध संसदमै घोचपेच र दाउपेच सुरु भएपछि रास्वपा प्रतिरक्षामा उत्रिएको छ । तर, रानाले अमेरिकी दूतावासलाई लेखेको पत्र कुनैपनि हिसाबले सही र न्यायोचित देखिने अवस्था भने छैन् । 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ०७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update