News 24 Television
पोलियोको जोखिम बढ्यो, अब के गर्ने ? 

काठमाडौं । नेपालमा पोलियो रोग मुक्त घोषणा भएको १० वर्ष पछि पोलियो भाइरस भेटिएपछि यसबारे सचेतता आवश्यक देखिएको छ ।

हुनत, अहिले भेटिएको भाइस कुनै व्यक्तिमा नभई वाग्मती, टुकुचा खोला बीचबाट संकलित ढलको नमुनामा भेटिएको हो । तर पनि अहिले भेटिएको भनिएको पोलियो भाइरस टाइप थ्री भन्दा फरक अर्थात भाइरसले आफ्नो स्वरुप परिर्वन गरेको देखिएका कारण भने जोखिम बढाएको विज्ञहरुले औलाएका छन् ।

पोलियो रोग भाइरसबाट सर्ने संक्रामक रोग हो । यो मानिसको दिसाबाट दूषित बनेको पानी तथा खानेकुराबाट सर्ने गर्दछ ।

नेपालमा पोलियो रोगको अवस्थालाई हेर्ने हो भने अन्तिम पटक सन् २०१० मा पोलियो रोगको बिरामी देखिएका थिए । तर त्यस यता भने पोलियो सक्रमित नदेखिएकाले २०१४ मा नेपाललाई पोलियो मुक्त राष्ट्र घोषणा गरेको  थियो  । तर पोलियो रोग मुक्त राष्ट्र घोषणा गरेको १० वर्ष पछि नेपालमा पोलियो भाइरस  वाग्मती, टुकुचा खोलाको दोभानमा भेटिएको तथ्य बाहिरिएपछि यसलाई गम्भिरतापूर्वक लिनु पर्ने देखिएको छ ।

अहिले भेटिएको भाइरस जंगली भाइरस भन्दा पनि भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस अर्थात पोलियो विरुद्धको खोपबाट मानिसको शरीरमा प्रवेश गरेको भाइरस नै दिशा मार्फत बाहिर आएको भाइरस हो । तर अहिले देखिएको भनिएको भाइरस खोपको माध्यमबाट पोलियो रोग विरुद्ध दिइने टाइप थ्री भाइरस भन्दा फरक देखिएकाले भने जोखिलाई बढाएको  बताइन्छ । 

अहिले नेपालमा देखापरेको भनिएको भाइरस जंगली अर्थात प्राकृतिक रुपमा उत्पत्ती भएको भाइरस नभएर खोप प्राप्त गरेको व्यक्तिको शरीरमा म्युटेसन अर्थात उत्परिवर्तित स्वरुपको  भाइरस हो । तर यो भाइरस शतिmशाली देखिएकाले जोखिम बढ्न सक्ने विषयलाई मध्यनजर गदै सर्तक हुनुपर्ने सरुवा रोग विशेषज्ञ डाक्टर शेर बहादुर पुनको भनाई छ । 

पोलियो भाइरसले विशेष गरी ५ वर्षभन्दा मुनिका बालबालिकामा असर गर्ने गर्दछ । साथै यो भाइरस निकै संक्रामक रोग मध्ये एक हो ।

यो मान्छेबाट मान्छेमा सर्ने गर्दछ । तर पोलियो विरुद्धको खोप लगाएका मानिसबाट निस्केको भाइरस  खोप नलगाएको अर्को मानिसमा स¥यो भने यसले रोगको संक्रमण बढाउने भन्दा पनि खोप लागाएको मानिसलाई जस्तै रोगप्रतिरोधात्मक क्षमतालाई बढाउने काम गर्दछ । तर अहिले देखिएको भनिएको भाइरस खोपबाट दिएको भाइरस भन्दा फरक देखिएकाले भविष्यमा पर्न सक्ने जोखिम न्यूनिकरणका लािग सरकारले साउन ९ देखि १२ सम्म उपत्यकामा पोलियोविरुद्धको खोप अभियान संचालन गर्ने भएको छ । 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update