News 24 Television
हिन्दु–बौद्धिष्टमा एकसाथ उल्लास, श्रद्धा र शान्तिका झलक

काठमाडौं । यो वर्षको असार ६ गते सनातन हिन्दु र बौद्ध धर्मावलम्बीहरुका लागि विशेष दिन बन्यो । आर्थात, हिन्दुहरुले यस दिन श्रद्धा र भक्तिपूर्वक गुरुपूर्णि र व्यास जयन्ती मनाए भने, यसै दिनदेखि बौद्ध धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व तीन महिने वर्षावास शुरु भएको छ । यस वर्ष भिक्षुहरुको कस्तो छ त वर्षावासको तयारी ? 

आइतबार मुलुकभर हिन्दुधर्मावलम्बीहरुले गुरुप्रति श्रद्धा र भक्ति दर्शाउदै गुरुपूर्णिमा मनाए । जीवनको मार्गदर्शनका लागि गुरुको महत्वलाई यस दिन विशेषरुपमा दर्शाइन्छ । साथै यसै दिन व्यास जयन्ती समेत मनाइयो । 

यो दिन हिन्दुधर्मावलम्बीहरुकालागि मात्रै होइन बौद्धधर्मावलम्बीकालागि पनि विशेष बन्यो । किनकि यसैदिन धर्मचक्र प्रवर्तन दिवस प¥यो । 
अर्थात, बौद्ध धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व तीन महिने वर्षावास आइतबारदेखि शुरु   भयो । वर्षावासको समयमा हरेक विहारमा भिक्षुहरु एकैठाउँमा बसी धार्मिक अभ्यासमा लाग्ने गर्दछन् ।

चरथ भिख्खवे चारिकं बहुजन हिताय बहुजा सखाय, बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि बहुजन हित र बहुजन सुखका लागि गाउँ गाउँ नगर नगर चाहारी धर्म प्रवर्तन गर्न निर्देशन दिएका थिए । 

तर बर्षातको समयमा चारिक गर्न कठिन हुने भएकाले बुद्धले एकैठाउँमा बसी निर्वाणको मार्ग पहिल्याउन सुझाएका थिए । र स्वयम् बुद्धले पनि आफ्नो जीवन कालमा ४५ वर्षसम्म बर्षावास विताएको बौद्ध ग्रन्थहरुमा उल्लेख छ । जुन अहिले पनि उत्तिकै सान्दर्भिक छ । 

बर्षात्को समयमा प्राकृतिक विपतबाट जोगिन र जोगाउनुका साथै एकै ठाउँमा बसी नियमपूर्वक धार्मिक जीवनयापन गर्नु नै वर्षावासको मुख्य उद्धेश्य हो ।

विशेषगरी यो समयमा बौद्धमार्गीहरु बुद्ध, धर्म , संघको गुणानुस्मरण गरी ध्यान भानना गरी आध्यात्मिक उन्नतीतर्फ अग्रसर हुने गर्दछन् । साथै भगवान गौतम बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि यसैदिनमा नै पाँच जना भिक्षुहरुलाई उपदेश दिएर धर्मचक्र प्रवर्तनको सुरुवात गरेका थिए । 

यता वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा पनि मुलुकभर विभिन्न धार्मिक संघसंस्थाले विभिन्न कार्यक्रम गरे ।

वेदव्यासले वेदलाई सरलिकृत गरि जनमानसमा बुझाउन सरल बनाउनका लागि १८ पुराणका साथै पुराणलाई समेत बुझ्न सहजताका लागि उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ । 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ०७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update