News 24 Television
गुरुपूर्णिमाको अवसरमा रक्तदान सम्पन्न

काठमाडौँ । रामप्रसाद कुइकेल स्मृति प्रतिष्ठानको आयोजनामा काठमाडौँको कागेश्वरी मनोहरा- ४ डाँछीस्थित श्री चलनटार आधारभूत विद्यालयमा गुरु पूर्णिमाको अवसर पारेर खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। 

कागेश्वरी मनोहरा नगरका नगरप्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता प्रतिष्ठानको संस्थापक एवं अध्यक्ष विनोद कुमार उपाध्यायले गरेका थिए ।

उपाध्यायले पिता स्व. राम प्रसाद कुइकेलको स्मृतिमा सो प्रतिष्ठानको स्थापना भएको जानकारी गराउँदै भने, "मेरो पिताजी यस क्षेत्रको अग्रणी शैक्षिक संस्था श्री कान्तिभैरव मावि लगायत दर्जनौं विद्यालयहरूको संस्थापक हुनाका साथै शिक्षक अधिकारकर्मी एवं शैक्षिक सुधारको अभियन्ता हुनुहुन्थ्यो। उहाँकै स्मृतिमा गुरुपूर्णिमाको अवसरमा प्रतिष्ठानले रक्तदान लगायत विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ।" 

1eeec496-00ea-4391-8b77-e5ec61792c9e-1721549157.jpg
 

प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै नगरप्रमुखज्यूले स्व. कुइकेलको व्यक्तित्वको उच्च प्रंशसा गर्दै उनको योगदानको कदरस्वरूप कान्ति भैरव माविको प्राङ्गणमा अर्धकदको शालिक स्थापनाका लागि पहल गरिने जानकारी गराए । साथै कार्यक्रममा उपस्थित सबैलाई समाजसेवातर्फ अग्रसर हुन उनले प्रेरित गरे ।

उक्त रक्तदान कार्यक्रममा स्थानीय समाजसेवी विभिन्न गन्यमा विभिन्न पेशागत समुदायको उल्लेख्य सहभागिता रहेको थियो। भव्य रुपमा सम्पन्न गरिएको सो कार्यक्रममा ५४ जनाले रक्तदान गरेका थिए।

a8cb54da-aa95-407d-a7c3-2efbf7668828-1721549157.jpg
 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update