News 24 Television
अफ्रिकामा १५ लाख शिक्षकको अभाव

काठमाडाैँ । अफ्रिकामा १५ लाख शिक्षकहरुको कमी भएको छ । जसले महादेशको विकासमा बाधा पुर्याएको अफ्रिकी संघ (एयू) का एक वरिष्ठ अधिकारीले बताएका छन्।

शिक्षा, विज्ञान, प्रविधि र आविष्कारका लागि एयू आयुक्त मोहम्मद बेल्होसिनले घानाको राजधानी अक्रामा एयूको कार्यकारी परिषद्को चलिरहेको ४५ औं साधारण सत्रमा पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका हुन् । उनले यो घाटाले महादेशको शिक्षा र विकासको आकांक्षा पूरा गर्ने क्षमतामा नकारात्मक असर पर्ने चेतावनी दिए । त्यसैले आयुक्तले संयुक्त राष्ट्र संघले तय गरेको सन् २०३० सम्ममा शिक्षामा दिगो विकास लक्ष्यहरू हासिल गर्न महादेशलाई आह्वान गरे । 

शैक्षिक प्रणालीमा पहिले नै लगानी गरिसकेको भएपनि बलियो प्रयास हुन नसकेको बताए । अफ्रिकालाई करिब ९० अर्ब अमेरिकीको लगानी आवश्यक रहेको बताइएको छ । थप दक्ष व्यक्तिलाई पेशा अंगाल्न उत्प्रेरित गर्न शिक्षण पेशालाई पुनः ब्राण्डिङ गर्न आग्रह गरे । उनले अफ्रिकामा शिक्षा प्रणाली सुधार गर्नका लागि विश्वव्यापी सहयोगको लागि पनि आह्वान गरे।

विश्वका अन्य भागहरूमा कम जनसंख्या वृद्धिका कारण आगामी २० वर्षमा सम्पूर्ण विश्वले अफ्रिकी युवाहरूमा निर्भर रहनुपर्ने हुनसक्छ । 
 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update